११ कार्तिक २०८३, बुधबार | October 28, 2026

कर्णाली करिडोर : सेनाले समयमै बनायो सडक



काठमाडौं । नेपाली सेनाको विकास निर्माण दलले कर्णाली करिडोरअन्तर्गत हुम्ला खण्डको निर्माण कार्य निर्धारित समयमै सम्पन्न गरेको छ । करिडोरको हुम्ला खण्डअन्तर्गत ३९ किलोमिटर सडकको प्रारम्भिक कार्य प्रतिकूल समयमा पनि सेनाले समयमै सम्पन्न गरेको हो ।

कर्णाली करिडोरको हुम्ला खण्डको कवाडीदेखि सलीसल्लासम्म नेपाली सेनाले सडक निर्माणको कार्य सम्पन्न गरेको अदानचुली गाउँपालिकाका अध्यक्ष दलबहादुर फडेराले बताए ।

सेनाले सडक निर्माण कार्य सम्पन्न गरेको क्षेत्र मध्यकवाडीदेखि बालुकुनासम्मको २७ किलोमिटर क्षेत्रमा यसअघि नै यातायात सञ्चालनमा रहेको भए पनि अहिले निर्माण कार्य सम्पन्न भएको बालुकुनाबाट सलीसल्लासम्मको १२ किलोमिटर सडकमा भने सेनाबाहेक अन्य सार्वजनिक यातायात सञ्चालनमा अनुमति नदिएको उनले स्पष्ट पारे ।

हुम्ला खण्डमा जिम्मेवारी पाएपछि २०७५ साल जेठमा काम सुरु गरेको नेपाली सेनाले २०७८ वैशाखमा सडक निर्माणको प्रारम्भिक कार्य सम्पन्न गरेको नेपाली सेनाको खुलालु-लैफु-कवाडी हुँदै सलीसल्ला खण्डको विकास निर्माण दलका योजना प्रमुख मिलन कार्कीले जानकारी दिए । तीन वर्ष नपुग्दै हुम्ला खण्डको ३९ किलोमिटर सडकको निर्माण कार्य सम्पन्न गर्न सेना सफल भएको उनले बताए ।

कडा चट्टानी क्षेत्रमा सेनाले मेसिन, विस्फोट र कामदारबाट एकसाथ काम सुचारु गर्दै आएको थियो । अब उक्त खण्डको एक हजार घनमिटर क्षेत्रमा मात्र पर्खाल लगाउने र ग्याबियन भर्ने कार्य बाँकी रहेको र त्यो पनि नेपाली सेना र स्थानीय कामदारले काम गरिरहेको उनले बताए । उक्त समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : २३ बैशाख २०७८, बिहिबार  ७ : २१ बजे

बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल

बाँके । वर्षायाममा बन्द गरिएको जङ्गल सफारी पुनः सञ्चालनमा आएसँगै

वीरगञ्ज भन्सारले असोजमा उठायो २६ अर्ब ७२ करोड राजस्व

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले असोज महिनामा २६ अर्ब ७२

एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा आज

चक्रवात ‘अरनब’को प्रभावले भारी वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

काठमाडौं । बंगालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले नेपालका

कोप–३१ मा जलवायु न्यायको आवाज बुलन्द गर्न सुझाव

काठमाडौँ । जलवायु परिवर्तनसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन (कोप–३१) मा जलवायु न्यायको