२२ भदौ २०८३, सोमबार | September 7, 2026

यार्सागुम्बा टिप्न गएका १७ वर्षीय युवाको लेक लागेर मृत्यु



जाजरकोट । यार्सागुम्बा संकलनका लागि डोल्पाको जगदुल्ला पाटन पुगेका जुम्ला गुठीचौर गाउँपालिका-३ गज्र्याङकोटका १७ वर्षीय सुमन रावलको मृत्यु भएको छ ।

लेक लागेर बिरामी भएका रावललको काइगाउँ स्वास्थ्य चौकीमा ल्याएर उपचार गर्दैगर्दा मृत्यु भएको डोल्पाका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।

त्यस्तै यार्सागुम्बा संकलन गर्न पाटन पुगेका चार जनालाई शे फोक्सुण्डो राष्ट्रिय निकुञ्जले पक्राउ गरी हिरासतमा राखेको छ । लुकीछिपी पाटन गएर यार्सागुम्बा सङ्कलन गर्न लागेको पुगेको खबर प्राप्त भएपछि निकुञ्जको गस्ती टोली त्रिपुरासुन्दरी नगरपालिकाको भोक्पा र भान्का पाटन पुगेको थियो ।

भागेर छल नजिक पुगेको अवस्थामा पक्राउ गरिएको निकुञ्जका निमित्त संरक्षण अधिकृत गोपाल खनालले जानकारी दिए। पक्राउ पर्नेहरु सबै जुम्लाका रहेका छन ।

जगदुल्ला क्षेत्रतिर पनि पाटन जान खोज्नेहरुलाई मध्यवर्ती समितिले बाटोमा रोकेको सुनिएको र विस्तृत जानकारी प्राप्त नभएको निकुञ्जको भनाइ छ । रासस

प्रकाशित मिति : २३ बैशाख २०७८, बिहिबार  ७ : ३३ बजे

खजुराको प्रशंसनीय कामः बाँझो जमिन आम्दानीको स्रोत

नेपालगञ्ज । खजुरा गाँउपालिकाले प्रशंसनीय काम गरेको छ । खेर

राष्ट्रपति रामचन्द्र पौडेलले गरे बाढी प्रभावित क्षेत्रको निरीक्षण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको

पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल

धादिङ ।  सभामुख डोलप्रसाद अर्यालले प्राकृतिक विपद्बाट प्रभावित कुनै पनि

नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौ । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२र८३ को वितरणयोग्य

भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म

काठमाडौ । सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यवसाय तथा