४ पुस २०८२, शुक्रबार | December 19, 2025

प्रधानमन्त्री निवासमा एमाले स्थायी कमिटी बैठक, के गर्दैछ निर्णय ?



काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक बस्न लागेको छ । नेकपा एमालेको स्थायी कमिटी बैठक बालुवाटारमा बस्ने भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा केही बेरमा बैठक बस्न लागेको हो । बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले संसदमा विश्वासको मत मागेको अवस्थामा कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल हुने बताइएको छ । बैठकमा विपक्षी दलहरुको रणनीति असफल बनाउने, विश्वासको मत हासिल हुन नसके निर्वाचनमा जाने अवस्थाको सिर्जना कसरी गर्ने, माधव नेपाल पक्षका सांसदहरुलाई के गर्ने भन्ने विषयमा समेत छलफल हुने बताइएको छ ।

नेपाल निकट सांसदहरुले सामुहिक राजीनामा दिएको अवस्थामा संसदको संख्या घट्छ । त्यस्तो अवस्थामा विपक्षी दलहरुले आफु विरुद्ध पहिले नै अविश्वासको प्रस्ताव दर्ता गरेमा त्यसलाई असफल बनाउने रणनीतिमा समेत छलफल हुनेछ । स्थायी कमिटी बैठकले नेपाल निकट सांसदहरुलाई कस्तो कारवाही गर्दा पार्टीलाई फाइदा हुन्छ भन्ने विषयमा समेत आंकलन हुने बताइएको छ ।

बैठकमा राष्ट्रिय सभा निर्वाचनमा पार्टीका उम्मेदवारलाई जिताउन प्रदेशसभा सांसद र स्थानीय तहका प्रमुख उपप्रमुखहरुलाई नेपाल पक्षमा लाग्न नदिने विषयमा समेत छलफल हुनेछ । हिजो मात्रै विपक्षी गठबन्धनले माधव नेपाल निकट वाम बुद्धिजीवि डा. खिमलाल देवकोटालाई साझा उम्मेदवार बनाउने सहमति गरेका छन् । नेपाल पक्षीय प्रदेशसभा सांसदहरु र स्थानीय तहका प्रमुख उपप्रमुखहरुले देवकोटालाई भोट दिएमा एमालेका उम्मेदवार रामबहादुर थापालाई समस्या पर्ने देखिन्छ ।

अध्यक्ष ओलीले नवौं महाधिवेशनबाट निर्वाचित स्थायी कमिटीलाई आफुखुशी खारेज गर्दै आफु निकट १९ जना नेताहरु समेटेर स्थायी कमिटी गठन गरेका थिए । तिनै १९ सदस्यीय स्थायी कमिटी बैठक बस्न लागेको हो ।

प्रधानमन्त्री ओलीसहितका नेताहरुले हिजोमात्रै काँग्रेस सभापति शेरबहादुर देउवासहितका नेताहरुलाई भेट गरेर सहकार्यको प्रस्ताव गरेका थिए ।

प्रकाशित मिति : २३ बैशाख २०७८, बिहिबार  १० : ३० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको