२२ भदौ २०८३, सोमबार | September 7, 2026

एनआरएनए केन्द्रीय नेतृत्व छान्न प्रतिनिधि दर्ता सुरु



लण्डन । गैरआवासीय नेपाली संघको आगामी अक्टोवरमा हुने महाधिवेशनको लागि प्रतिनिधि चयन सुरु भएको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) का महासचिव डा. हेम राज शर्मा बिहीबार एक परिपत्र गर्दै पहिलो चरणमा संघका राष्ट्रिय समितिबाट छानिने ६५ प्रतिशत प्रतिनिधीहरु छनोट प्रकृया सुरु भएको जनाएका हुन् ।

संघको गत जनवरी महिनाको अन्तिम साता सम्पन्न विशेष महाधिवेशनद्धारा संसोधित विधानले संघका संरक्षक, सल्लाहकार, राष्ट्रिय र अन्तर्राष्ट्रिय समन्वय परिषद्का पूर्व पदाधिकारी र सदस्यहरुका लागि अन्तर्राष्ट्रिय महाधिवेशन प्रतिनिधि बन्न सक्ने विशेष व्यवस्था गरेको छ ।

संघको वैधानिक व्यवस्था अनुरुप राष्ट्रिय समन्वय परिषद्बाट छनोट हुने प्रतिनिधिमध्ये ६५ प्रतिशत राष्ट्रिय समितिको लागि छुट्याइएको डा। शर्माले जनाए ।

संघको राष्ट्रिय महाधिवेशनबाट छनोट भएका प्रतिनिधिले मात्र आगामी महाधिवेशनमा उम्मेदवार हुन र मतदानमा भाग लिन पाउने प्रावधान रहेको छ ।

संघले आगामी अक्टोबर, २०२१ मा हुने अन्तर्राष्ट्रिय समन्वय परिषद्को पदाधिकारी चयनका लागि हुने निर्वाचनको मतदानमा सहभागी हुन चाहानु हुनेहरुले आफ्नो पञ्जिकृत सदस्यता नविकरण एवं प्रतिनिधि बन्नको लागि आफ्नो नाम राष्ट्रिय समन्वय परिषदमा दर्ता गराउनु आग्रह गरेको छ ।

यसअघि गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिकाले ६५ प्रतिनिधिको फारम खुलाई सकेको संघले जनाएको छ ।

संघको संशोधित विधान २०२१ को दफा १३.७ र अनूसुची ६ क मा महाधिवेशन प्रतिनिधिहरुको छनोट प्रक्रिया सुरु गरिएको हो ।

प्रकाशित मिति : २३ बैशाख २०७८, बिहिबार  ३ : ५१ बजे

भोटेकोशी बाढीका मृतकको सम्मानमा राष्ट्रिय झण्डा आधा झुकाइयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

निजी अस्पतालको नवीकरण अवधि ५ वर्ष बनाउन माग

बुटवल । लुम्बिनी प्रदेशका निजी अस्पताल सञ्चालकहरूले अस्पताल नवीकरणको वर्तमान

आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुनसक्ने

काठमाडौं । आज देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान गरिएको

ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनापछि खोलाले बगाउँदा दुई जना बेपत्ता

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका-३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना

भेनियर उत्पादनसँगै स्थानीय रोजगारी बढाउँदै सुनौलो प्लाइ उद्योग

सुनसरी । घरको काम मिलाएर उद्योग आउँछु । कहिलेकाहीँ ११