४ पुस २०८२, शुक्रबार | December 20, 2025

प्रधानमन्त्री ओलीले बोलाए निकट नेताहरुलाई बालुवाटार



काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफु निकट नेताहरुको बैठक बोलाएका छन् ।

पार्टीको कुनै औपचारिक बैठक नभएपनि अनौपचिारिक रुपमा नेताहरुलाई आफ्नै निवास बालुवाटार बोलाइएको एक नेताले बताए ।

प्रतिनिधिसभामा विश्वासको मत लिने दिन नजिकिँदै गएको र राष्ट्रियसभाको रिक्त पदमा आजै उम्मेदवारको टुंगो लगाउनुपर्ने भएका कारण ओलीले नेताहरुसँग छलफल गर्न लागेका हुन् । माधवकुमार नेपाल पक्ष विपक्षी दलहरुसँग मिलेर उम्मेदवार उठाएपछि ओली थप दबाबमा परेका छन् ।

दुई दिनअघि सम्म नेपाल पक्षलाई भित्तैमा पुर्याउने गरी कारवाही गर्दै हिँडेका ओलीले अन्तिम समयमा आएर नेपाल पक्षलाई फकाउन सबै उपाय गरिरहेका छन् । ओलीकै सुझावमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेता नेपालसँग बिहीबार मध्यरातसम्म छलफल गरेकी छिन् । अर्कोतर्फ ओली निकट नेताहरु महासचिव इश्वर पोखरेल, सुवास नेम्वाङ र विष्णु पौडेलले नेपाल निकट नेताहरु घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट र सुरेन्द्र पाण्डेहरुलाई अलगअलग र सामुहिक रुपमा समेत छलफल गरिरहेका छन् ।

नेपाल पक्षले भने २०७२ जेठ २ गतेको अवस्थामा फर्किनुपर्ने अडान कायमै राखेको छ । ओली पक्षले चार नेतालाई गरिएको निस्काशन र सांसदहरुलाई सोधिएको स्पष्टीकरण फिर्ता लिन तयार हुँदै राष्ट्रिय सभा निर्वाचनमा एक भएर जान र प्रधानमन्त्रीलाई विश्वासको मत दिनुपर्ने माग गरेको छ ।

 

प्रकाशित मिति : २४ बैशाख २०७८, शुक्रबार  १० : २१ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको