१४ चैत्र २०८२, शनिबार | March 29, 2026

रामबहादुर थापा एमाले उम्मेदवार बन्न तयार भए, उम्मेदवारी दर्ता गर्न हेलिकप्टर चढेर हेटौडा



काठमाडौं‌ । अन्ततः गहमन्त्री रामबहादुर थापा एमालेको तर्फबाट राष्ट्रियसभाको उप निर्वाचनमा उम्मेदवार बन्न तयार भएका छन् । एमाले अध्यक्ष ओलीले आज बिहान बोलाएको शिर्ष नेताहरुको अनौपचारीक बैठक पछि थापाले उम्मेदवार बन्न सहमत भएका हुन् । एमालेको ओलीपक्षमा उम्मेदवारीका बिषयमा सहमती जुटेपछि थापा हेलिकप्टर चढेर उम्मेदवारी दिन बागमती प्रदेश राजधानी हेटौडा पुगेका छन् ।

वाग्मती प्रदेश अन्तर्गत अन्य समूहतर्फको रिक्त एक सिटमा जेठ ६ गते हुने उपनिर्वाचनका लागि आज मनोनयन दर्ता गर्न लागिएको छ । माओवादी केन्द्रबाट यसअघि राष्ट्रिय सभामा निर्वाचित भएका थापा माओवादी त्यागेर एमाले प्रवेश गरेपछि माओवादीको उजुरीको आधारमा सो स्थान रिक्त भएको थियो ।

प्रदेशको मतभारका आधारमा एमालेको मतभार कम हुने आँकलन गर्दै सुरुमा उम्मेदवार बन्न बादलले अस्वीकार गरे पनि आज बिहान प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा भएको छलफलपछि बादल चुनाव लड्न तयार भएका हुन् । उनी प्रधानमन्त्री निवास बालुवाटारबाट हेलिकप्टर चढेर सिधै मकवानपुरको हेटौंडा पुगेको स्रोतले बताईएको छ ।

उम्मेदवारी दर्ताको समय विहान १० बजेदेखि ४ बजेसम्म निर्धारण गरिएको छ । एमालेकै नेपाल पक्ष सहित विपक्षी गठबन्धनले संघीयताविज्ञ डा. खिमलाल देवकोटालाई उम्मेदवार बनाएको छ ।

 

प्रकाशित मिति : २४ बैशाख २०७८, शुक्रबार  १२ : ३५ बजे

पन्ध्र दिनभित्र अधिकारसम्पन्न सम्पत्ति छानबिन समिति गठन गरिने

काठमाडौँ । सरकारले मुलुकमा व्याप्त भ्रष्टाचार, सम्पत्ति लुकाउने प्रवृत्ति तथा

सरकारद्वारा शासकीय प्रबन्ध लागू गर्ने एक सय कार्यसूची सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौँ । सरकारले समग्र कार्यसम्पादनलाई नतिजामुखी, प्रभावकारी, मापनयोग्य र जवाफदेही

भदौ २४ को घटना छानबिन गर्न एक साताभित्र उच्चस्तरीय छानबिन समिति गठन गरिने

काठमाडौँ । सरकारले जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते

ज्ञानोदय मावि व्यवस्थापन समितिमा तीनदलीय गठबन्धनलाई पराजित गर्दै रास्वपा निकट उम्मेदवार विजयी

खजुरा । बाँकेको खजुरा स्थित ज्ञानोदय नमुना माद्यामिक विद्यालय व्यवस्थापन

एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था सामान्य

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको