१४ फाल्गुन २०८२, बिहिबार | February 27, 2026

सिलिन्डर खोज्दै सरकार



काठमाडौं । अक्सिजनको अभाव चर्किएपछि सरकारले दातृ निकाय र छिमेकी मुलुकसँग सहयोगको हात अघि बढाएको छ ।

टेन्डर आह्वान गर्दा पनि कसैले सहभागिता नजनाएपछि स्वास्थ्य मन्त्रालयले युनिसेफ र चीनलाई अक्सिजन सिलिन्डर तत्काल उपलब्ध गराइदिन गुहारेको हो ।

अस्पताल भर्ना भएका अधिकांश कोरोना संक्रमितलाई अक्सिजन दिनुपर्ने अवस्था आएपछि मुलुकभर अक्सिजनको अभाव छ । स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाले अक्सिजनको हाहाकार कम गर्न एक साताअघि एक हजार थान सिलिन्डर खरिद गर्न खोज्दा पनि टेन्डरमा कसैले भाग लिएका थिएनन् ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले शुक्रबार स्वास्थ्य सचिव, विभागका महानिर्देशक, व्यवस्थापन महाशाखाका निर्देशक, औषधि व्यवस्था विभागका महानिर्देशकलगायतलाई बोलाएर आवश्यक स्वास्थ्य उपकरण र अन्य सामग्री तत्काल कसरी व्यवस्थापन गर्न सकिन्छ भनेर योजना मागेका थिए ।

‘यसअघि टेन्डर गर्दा कसैले इच्छा नदेखाएकाले फेरि छोटो अवधि राखेर टेन्डर निकाल्न निर्देशन आएको छ,’ व्यवस्थापन महाशाखाका निर्देशक डा.भीमसिंह तिंकरीले भने, ‘दाताहरूसँग पनि समन्वय गरिरहन्छौं । यता टेन्डर पनि निकाल्छौं ।’

दातासँग मन्त्रालयले समन्वय गरिरहेको छ भने थप सिलिन्डर खरिद गर्ने जिम्मेवारी विभागले पाएको छ । मन्त्रालयका प्रमुख विशेषज्ञ डा। रोशन पोखरेलले चीनले उपलब्ध गराउने २० हजार सिलिन्डरमध्ये ३ हजार ५ सय सिलिन्डर छिट्टै आउने बताए ।

मन्त्रालयले युनिसेफलाई सिलिन्डरको व्यवस्थापन गरिदिन आग्रह गरेको थियो । युनिसेफले बंगलादेशसँग सम्झौता गरे पनि उसले दिन नसक्ने बताएपछि चीनबाटै ल्याएर दिन लागेको तिंकरीले जानकारी दिए । उक्त समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : २५ बैशाख २०७८, शनिबार  ६ : ५१ बजे

पार्टीका उम्मेदवार विरुद्ध अन्तरघात गर्नेलाई समयमै कारबाही हुन्छ : अमर सिंह पुन

नेपालगन्ज । । नेपाली कांग्रेसको तर्फबाट बाँके क्षेत्र नम्बर ३

बाँकेमा मदिरा पिउन र किन्न/बेच्न निषेध

नेपालगन्ज । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै बाँके प्रशासनले

बीबीसीको रिपोर्ट हटाउन आयोगको प्रेस काउन्सिललाई आग्रह

काठमाडौं । अन्तरराष्ट्रिय सञ्चार संस्था बीबीसीले भदौ २३ र २४

देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा पुग्यो निर्वाचन सामग्री

काठमाडौँ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

उज्यालो नेपालका उम्मेदवारले बढाए घरदैलोको रफ्तार (फोटोफिचर)

बुटवल । प्रतिनिधिसभा सदस्यका लागि उज्यालो नेपाल पार्टीका उम्मेदवार इन्जिनियर