१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

भरतपुर अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण



चितवन । उद्योग सङ्घ चितवनले १० थान अक्सिजन कन्सन्ट्रेटर भरतपुर अस्पताललाई हस्तान्तरण गरेको छ । जिल्लाका अस्पतालमा कोरोना सङ्क्रमित बिरामीको सङ्ख्या बढ्दै जाँदा देखिएको अक्सिजन अभावलाई न्यूनीकरणका लागि कन्सन्ट्रेटर खरिद गरेर हस्तान्तरण गरिएको हो ।

सङ्घका अध्यक्ष राजु पौडेलले अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीलाई ती सामग्री हस्तान्तरण गरेका हुन् ।

सङ्घले आफ्नो सामाजिक उत्तरदायित्व बहन गर्ने उद्देश्यका साथ कोरोना सङ्क्रमणको दर बढिरहेको वर्तमान अवस्थामा नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्डअनुसार सामग्री हस्तान्तरण गरिएको हो ।

सङ्घका अध्यक्ष पौडेलले मानवीय सेवाका लागि सङ्घका तर्फबाट हस्तान्तरण गरिएको अक्सिजन कन्सन्ट्रेटर उपयुक्त ठाउँमा प्रयोग हुनेमा विश्वास व्यक्त गरे । उनले भने, “कोरोनाबाट अकालमा ज्यान जाने बिरामीलाई बचाउन सहयोग मिलोस् भनेर सामग्री हस्तान्तरण गरेका हौँ ।”

अस्पतालका अध्यक्ष डा अधिकारीले विभिन्न सङ्घसंस्थाले स्वास्थ्य सामग्री वितरण गरी मानवीय कार्यमा सहयोग गरिरहँदा पहिलो पटक चितवन उद्योग सङ्घबाट अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण हुँदा आफूहरु निकै खुशी भएको बताइ ,

प्रकाशित मिति : ५ जेष्ठ २०७८, बुधबार  ८ : २६ बजे

बुटवल उपमहानगरमा ज्येष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिको घरदैलोमा पुगेर स्वास्थ्य परीक्षण

बुटवल । बुटवल उपमहानगरपालिकामा ज्येष्ठ नागरिक र फरक क्षमता भएका

एन आई सी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

काठमाडौ । एन आई सी एशिया बैंकले कोशी प्रदेशमा आयोजना

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

काठमाडौं। नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ

सुदूरपश्चिम सरकार छोड्न नाउपा अध्यक्ष रञ्जिताको लिखित निर्देशन

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम

लोकेश बमको शतकका बाबजुद आयरल्याण्ड वोल्भ्ससँग नेपाल पराजित

काठमाडौं। आयरल्याण्ड वोल्भ्सले नेपाल ए लाई पराजित गरेको छ ।