१८ चैत्र २०८२, बुधबार | April 1, 2026

जसपा अध्यक्ष ठाकुर र महतो देउवा भेट्न बूढानीलकण्ठमा



काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर तथा वरिष्ठ नेता राजेन्द्र महतो कांग्रेस सभापति शेरबहादुर देउवासँग बूढानीलकण्ठ पुगेर भेट गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने या नदिने विषयमा आफ्नै पार्टीभि कुनै निर्णय गर्न नसकेअवस्थामा ठाकुर र महतोले देउवालाई भेटेका हुन् ।

जसपाभित्र अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईपक्षसहित बहुमत कार्यकारिणी सदस्यले प्रधानमन्त्रीलाई विश्वासको मत दिन नहुनेमा छन् । तर, ठाकुर र महतो भने ओलीलाई विश्वासको मत दिएर सरकारमा समेत जानुपर्नेमा रहेका छन् । यद्यपी, केहीदिनयता ठाकुर र महतोको पनि केमेष्ट्री मिल्न छोडेको बताईंदै आएको छ ।

कांग्रेसले भने पार्टी र संसदीय दलबाट ओलीलाई विश्वासको मत हासिल गर्नबाट रोक्ने निर्णय गर्दै अन्य दललाई पनि समर्थन नगर्न आग्रह गरिसकेको छ ।

महतो र ठाकुरले ओलीले विश्वासको मत पाउन नसक्ने अवस्थामा भने विपक्षमा समेत मतदान नगरी तहस्थ बस्नुपर्ने सोच बनाएका छन् । तर यादव पक्ष भने विपक्षमा मतदान गर्नेगरी सकेसम्म कार्यकारिणी र संसदीय दलको सर्वसम्मत नभए बुहमतबाट भएपनि निर्णय गर्ने योजनामा रहेको छ ।

आफुहरुका माग पुरा गर्ने ग्यारेन्टी गरेको अवस्थामा वैकल्पिक सरकार बनाउन देउवालाई ठाकुर महतोहरुले समर्थन गर्न सक्ने अनुमान गरिएको छ । अर्का अध्यक्ष यादवले यसअघि नै समर्थन जनाइसके पनि ठाकुर महतोले ओलीको असफलतामा आफुहरु हावी भएका देखाउन समेत चाहेका छन् ।

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतबार  ९ : ४७ बजे

एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को संसदीय दलको बैठक आज

चट्याङ लागेर एक जनाको मृत्यु, एक घाइते

बागमती । चट्याङ लागेर मकवानपुरको बागमती गाउँपालिकामा-१ भैसेमा एक जनाको

कांग्रेस अनुशासन समितिको बैठक आज

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दैछ

रणवाङ-दरुङ-हिदी सडक स्तरोन्नति थालियो

म्याग्दी । रणवाङ-दरुङ-हिदी सडक स्तरोन्नति प्रारम्भ भएको छ । एक