४ पुस २०८२, शुक्रबार | December 20, 2025

बालुवाटारमा संवैधानिक परिषद् बैठक, प्रधानन्यायाधीस र राष्ट्रियसभा अध्यक्ष सहभागी



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संवैधानिक परिषद् बैठक बसेको छ ।

आइतबार बिहान बसेको बैठकमा परिषद्का अध्यक्ष प्रधानमन्त्री ओलीसहित सदस्यहरु प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबरा र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सहभागी छन् ।

सभामुख अग्निप्रसाद सापकोटा र प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवाले भने असंवैधानिक तबरले परिषद् बैठक बोलाइएको भन्दै बहिस्कार गरेका छन् ।

बैठकले लोकसेवा आयोगका अध्यक्षसहितका पदाधिकारी लगायत अन्य संवैधानिक निकायमा रहेका रिक्त पदमा पदपूर्ति गर्ने बताइएको छ ।
प्रधानमन्त्री ओलीले संवैधानिक परिषद्लाई आफु अनुकुल संचालन गर्न अध्यादेशमार्फत कानुन संशोधन गरेका छन् ।

संविधानअनुसार संवैधानिक परिषद्  ६ सदस्यीय हुनुपर्ने र कम्तिमा पनि ५ सदस्यको अनिवार्य उपस्थिति हुनुपर्छ । तर, ओलीले अध्यादेश ल्याएर परिषद बैठकमा उपस्थित सदस्यको बहुमतले निर्णय गर्नसक्ने प्रावधान राखेका छन् । सोही प्रावधान अनुसार ३ जनामात्रै सदस्य उपस्थित भएपनि बहुमतका आधारमा ओलीले चाहेअनुसारको निर्णय गर्न सक्छन् ।

प्रमुख प्रतिपक्षी दल कांग्रेस र माओवादी केन्द्रले अध्यादेशको विरोध गर्दै आजको बैठकमा अनुपस्थित हुन सदस्यहरुलाई आग्रह गरेका थिए ।

 

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतबार  १० : २७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको