४ पुस २०८२, शुक्रबार | December 20, 2025

देउवा भेटेलगत्तै ओली भेट्न बालुवाटार पुगे ठाकुर र महतो



काठमाडौं । आइतबार बिहान कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट गरेर अविश्वासको प्रस्तावमा तटस्थ बसेका जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो प्रधानमन्त्री केपी शर्मा ओली भेट्न बालुवाटार पुगेका छन् ।

प्रधानमन्त्री ओलीले विश्वासको मत लिने अघिल्लो दिन सत्ता समीकरणमा अहिलेसम्म निर्णायक मानिएको जसपा एक अध्यक्ष र नेता महतो भेटघाटमा व्यस्त भएका हुन् । कांग्रेस सभापति देउवाले भेटमा प्रधानमन्त्रीलाई विश्वासको मत नदिन आग्रह गरेका थिए । तर, ठाकुर र महतोले आफुहरु तटस्थ बस्ने बताएको बुझिएको छ ।

देउवासँग भेट गरेपछि ठाकुर र महतो प्रधानमन्त्री ओली भेट्न सिधै बालुवाटार गएका छन् ।

देशको राजनीतिलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा चर्किएको विवादले अहिले जसपाभित्र कसको शक्ति बढी भन्नेमा केन्द्रित देखिएको छ । ठाकुर र महतो पक्षले प्रधानमन्त्री ओलीलाई सकेसम्म समर्थन गर्ने, तर आफुहरुले समर्थन गरेर पनि विश्वासको मत पाउने अवस्था नभए तटस्थ बस्ने बताउँदै आएका छन् ।

तर यादव पक्षले भने ओली विरुद्धको गठबन्धनमा सामेल हुनुपर्ने बताउँदै आएको छ । आजै जसपाको पदाधिकारी बैठक बस्ने भएको छ । बैठकमा सहमति नभए उपेन्द्र यादव पक्षले बहुमत अल्पमतको निर्णयका आधारमा अघि बढ्ने योजना बनाएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतबार  १२ : ०७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको