९ चैत्र २०८२, सोमबार | March 23, 2026

तिलोत्तमामा थप ६० बेडको आइसोलेशन सेन्टर बनाउने तयारी



तिलोत्तमा । कोरोना संक्रमित बिरामीको चाप बढ्दै जाँदा तिलोत्तमा नगरपालिकाले वडा नं. ९ केवलानी स्थित नगरपालिकाको सभाहल तथा अतिथि गृहमा थप ६० शैंयाको आइसोलेशन सेन्टर निर्माणको काम अघि बढाएको छ ।

शंकरनगरमा रहेको आइसोलेशन सेन्टरले बिरामीको चाप थेक्न नसक्ने देखिएपछि थप आइसोलेशन सेन्टर निर्माण गर्न थालेको नगर प्रमुख बासुदेव घिमिरेले बताए ।

केवलानीको सभाहल नयाँ रहेकोले विद्युत्, खानेपानी, सरसफाईलगायत आवश्यक पूर्वाधार निर्माणको काम तीव्रताको साथ अघि बढाइएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले केवलानीमा आवश्यक पूर्वाधार व्यवस्थाप गरी आइसोलेशन निर्माण कार्यको लागि शिक्षा, युवा तथा खेलकुद विकास शाखा प्रमुख उप-सचिव गंगाराम आचार्यले कार्यजिम्मेवारी तोकेको छ ।

यस्तै आवश्यक सहयोग एवं सहजीकरणको लागि वडा नं. ९ को कार्यालय, स्वास्थ्य शाखा, नगर प्रहरी, सूचना प्रविधि शाखालाई भनिएको छ । केवलानीमा समेत शंकरनमा जस्तै सुविधाको आइसोलेशन सेन्टर सञ्चालन गरिने कोरोना फोकल पर्सन केशव भट्टराईले जानकारी दिए । महामारीको पूर्वतयारी स्वरुप एक तहको कोरोना अस्पताल बनाउने गरी काम अघि बढाइएको उनको भनाइ छ ।

आइसोलेशन सेन्टरमा चाहिने जनशक्तिको समेत व्यवस्थापन गरिने बताउँदै कोरोना फोकल पर्सन भट्टराईले महामारी नियन्त्रणमा सम्बद्ध संघ-संस्था, निकाय, नगरबासी सबैको सहयोग, सहकार्य र समन्वय जरुरी रहेको बताए । आइसोलेशन सेन्टरमा अक्सिजनसहित कोरोना संक्रमितको उपचार हुनेछ ।

तिलोत्तमा नगरपालिकामा कोरोना संक्रमित बिरामीको उपचारको लागि आइसोलेशन सेन्टरमा पर्याप्त अक्सिजन सिलिण्डरको व्यवस्था मिलाउन नगर उप-प्रमुख जागेश्वरी चौधरीको संयोजकत्वमा राजनीतिक दल, व्यवसायिक संघ-संस्थाका प्रतिनिधि, कर्मचारी सहभागी रहेको समिति गठन गरिएको छ । यस्तै आइसोलेशन सेन्टरमा पर्याप्त अक्सिजन सिलिण्डरको व्यवस्थापन गर्न नगर क्षेत्रभित्र रहेका उद्योगी, व्यापारी, संघ-संगठनहरुलाई अनुरोध गरिएको छ ।

नगरपालिकाले कोरोना संक्रमण समुदाय स्तरमा तीव्र रुपमा फैलिरहेको अवस्थामा विवाह, ब्रतबन्ध, पूजाआजा, भोज-भतेर जस्ता क्रियाकलापबाट कोरोना संक्रमण जोखिम उच्च हुने भएकोले अहिलेको विषम परिस्थितिमा यस्ता क्रियाकलाप नगर्न/नगराउन सम्पूर्ण नगरबासीलाई आग्रह गरेको छ ।

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतबार  २ : ३० बजे

आज विश्व जल तथा मौसम दिवस मनाइँदै

काठमाडौं । ‘आजको अवलोकन, भोलिको सुरक्षा’ भन्ने नाराका साथ नेपालमा

नेपाली मूलका नागरिकका लागि विमानस्थलमा अलग्गै डेस्क राखिने

काठमाडौं । विश्वमा छरिएर रहेका नेपाली मूलका नागरिक एवं गैर

सूर्यविनायक-धुलिखेल सडक विस्तार : तीनवर्षमा ६७ प्रतिशत भौतिक प्रगति

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म छ लेनमा

ज्येष्ठ सदस्य केसीले राष्ट्रपति समक्ष शपथ लिने

काठमाडौंँ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपति रामचन्द्र पौडेल

प्रधानमन्त्री कार्की र रास्वपा सभापति लामिछानेबीच भेट

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति