४ पुस २०८२, शुक्रबार | December 20, 2025

भट्टराई निवासमा जसपा पदाधिकारी बैठक



काठमाडौ । जनता समाजवादी पार्टीको पदाधिकारी बैठक बसिरहेको छ ।

संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको निवास टोखामा जसपाका ६ जना पदाधिकारीहरुबीच छलफल भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने लगभग निश्चित भैसकेको जसपाले नयाँ सरकार बनाउन कांग्रेस माओवादीसँग गठबन्धन गर्ने या नगर्ने भन्ने निक्र्यौल यो बैठकले गर्नेछ ।

ओली सरकारलाई टिकाउन अन्तिमसम्म प्रयत्न गरेका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो पक्षले आफुहरुले जति गर्दा पनि सरकार नटिक्ने अवस्था आएपछि आजै बिहान मात्र तटस्थ बस्ने निर्णय गरेको थियो । अर्का अध्यक्ष उपेन्द्र यादवसहितको बहुमत पक्ष भने प्रधानमन्त्रीबाट ओलीलाई जसरी पनि सत्ताच्यूत गर्नुपर्ने अडानमा रहेको छ । ओलीको विपक्षमा मतदान गर्नुपर्ने उनीहरुको अडान रहेको छ । ठाकुर र महतो पक्ष सहमतिमा नआए बहुमतको निर्णयको आधारमा अगाडि बढ्ने रणनीति यादव पक्षले लिएपछि ठाकुरहरु तटस्थको अवस्थासम्म आइपुगेका हुन् ।

ठाकुर र महतोले बिहान कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर आफ्नो पार्टीको संख्याको आधारमा नयाँ सरकार बनाउने काम नगर्न सुझाव दिएका छन् । उनीहरु नयाँ सरकार बन्ने अवस्थै नआओस भन्ने मा छन् । त्यसो भएमा अल्पमतको सरकारको नेतृत्व गर्दै हालकै प्रधानमन्त्री ओलीले चुनाव गराउन सहज हुने ठाकुर पक्षको विश्वास छ । प्रधानमन्त्री ओलीले पनि आफुलाई मतदान गर्न नसक्ने अवस्थामा विपक्षमा मतदान नगर्न र नयाँ सरकार बनउन सहमति नदिन ठाकुर महतो पक्षलाई आग्रह गर्दैआएका छन् ।

 

 

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतबार  ३ : ४१ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको