१८ चैत्र २०८२, बुधबार | April 1, 2026

भट्टराई निवासमा जसपा पदाधिकारी बैठक



काठमाडौ । जनता समाजवादी पार्टीको पदाधिकारी बैठक बसिरहेको छ ।

संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको निवास टोखामा जसपाका ६ जना पदाधिकारीहरुबीच छलफल भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने लगभग निश्चित भैसकेको जसपाले नयाँ सरकार बनाउन कांग्रेस माओवादीसँग गठबन्धन गर्ने या नगर्ने भन्ने निक्र्यौल यो बैठकले गर्नेछ ।

ओली सरकारलाई टिकाउन अन्तिमसम्म प्रयत्न गरेका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो पक्षले आफुहरुले जति गर्दा पनि सरकार नटिक्ने अवस्था आएपछि आजै बिहान मात्र तटस्थ बस्ने निर्णय गरेको थियो । अर्का अध्यक्ष उपेन्द्र यादवसहितको बहुमत पक्ष भने प्रधानमन्त्रीबाट ओलीलाई जसरी पनि सत्ताच्यूत गर्नुपर्ने अडानमा रहेको छ । ओलीको विपक्षमा मतदान गर्नुपर्ने उनीहरुको अडान रहेको छ । ठाकुर र महतो पक्ष सहमतिमा नआए बहुमतको निर्णयको आधारमा अगाडि बढ्ने रणनीति यादव पक्षले लिएपछि ठाकुरहरु तटस्थको अवस्थासम्म आइपुगेका हुन् ।

ठाकुर र महतोले बिहान कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर आफ्नो पार्टीको संख्याको आधारमा नयाँ सरकार बनाउने काम नगर्न सुझाव दिएका छन् । उनीहरु नयाँ सरकार बन्ने अवस्थै नआओस भन्ने मा छन् । त्यसो भएमा अल्पमतको सरकारको नेतृत्व गर्दै हालकै प्रधानमन्त्री ओलीले चुनाव गराउन सहज हुने ठाकुर पक्षको विश्वास छ । प्रधानमन्त्री ओलीले पनि आफुलाई मतदान गर्न नसक्ने अवस्थामा विपक्षमा मतदान नगर्न र नयाँ सरकार बनउन सहमति नदिन ठाकुर महतो पक्षलाई आग्रह गर्दैआएका छन् ।

 

 

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतबार  ३ : ४१ बजे

एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को संसदीय दलको बैठक आज

चट्याङ लागेर एक जनाको मृत्यु, एक घाइते

बागमती । चट्याङ लागेर मकवानपुरको बागमती गाउँपालिकामा-१ भैसेमा एक जनाको

कांग्रेस अनुशासन समितिको बैठक आज

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दैछ

रणवाङ-दरुङ-हिदी सडक स्तरोन्नति थालियो

म्याग्दी । रणवाङ-दरुङ-हिदी सडक स्तरोन्नति प्रारम्भ भएको छ । एक