४ पुस २०८२, शुक्रबार | December 20, 2025

नेता नेपालसँग पौडेल र नेम्वाङको भेट : पार्टी एकता कसरी बचाउने विषयमा भएन सहमति



काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरुबीचको छलफल सकिएको छ ।

सांसद पदबाट राजीनामा बुझाउने उद्देश्उसहित नेपाल पक्षीय नेताहरु सिंहदबारस्थित संसद सचिवालय परिसरमा भेला हुन थालेपछि ओली पक्षका नेताहरु विष्णु पौडेल र सुवास नेम्वाङले नेता नेपालसँग भेट गरेका थिए ।

भेटमा आफ्ना कुरा खुलस्तसँग राखेको नेपालले बताएका छन् । नेताद्वय पौडेल र नेम्वाङ पनि अध्यक्ष ओलीको चासोलाई राखेका थिए । दुवै पक्षबीच पार्टी एकता बचाउनुपर्नेमा सहमति रहेपनि पार्टी एकता बचाउने विधिबारे आआफ्ना अडानहरु यथावत रहेको छ ।

नेता नेम्वाङले भने, ‘पार्टी एकताका लागि हामी एकजुट छौं तर एकजुट कसरी राख्ने भन्‍ने विषयमा सहमति हुन सकेको छैन । अझै छलफल गर्छौं ।’ यस्तै आफुहरुको राजीनामाबारे विचार गर्ने वचन नेता नेपालले दिएको पौडेलले बताएका छन् ।

पौडेल र नेम्वाङसँग छलफल सकिएपछि नेता नेपाल आफु निकट सांसदहरुसँग छलफल सुरु गरेका छन् । सावंजनिक लेखा समितिको बैठक कक्षमा नेपाल समुहका प्रत्यक्ष र समानुपातिक सांसदहरू को छलफल सुरु भएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतबार  ४ : ५४ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको