१८ चैत्र २०८२, बुधबार | April 1, 2026

सामुहिक राजीनामाको अपराधपूर्ण कार्यमा संलग्न नहुन सांसदहरुलाई अध्यक्ष ओलीको आग्रह



काठमाडौं नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका सांसदहरुलाई सामुहिक राजीनामा नदिन आग्रह गरेका छन् ।

अध्यक्ष ओलीले आइतबार एक विज्ञप्ति जारी गर्दै सामुहिक राजीनमा दिनु अपराध भएको जिकिर गर्दै त्यस्तो अपराधपूर्ण कर्ममा सहभागी नहुन सांसदहरुलाई आग्रह गरेका हुन् ।

ओलीले विज्ञप्तिमा कतिपय व्यक्तिमा वैयक्तिक स्वार्थ, अहंकार, असन्तुष्टि र इश्र्या रहेको उल्लेख गर्दै पार्टीलाई उनीहरुको स्वार्थपूर्तिको माध्यम वा त्यसको शिकार बनाउन नहुने जिकिर गरेका छन्।

ओलीले उल्लेख गरेका छन्, ‘के यस्ता क्रियाकलापमा सरिक हुनेलाई इतिहासले माफी गर्ला रु सोचौं भोलि हामी जनतालाई जवाफ दिन्छौं’ उनले भनेका छन् ‘तसर्थ यस्तो अपराध कर्ममा जानी नजानी कुनै पनि हिसाबले संलग्न नहुने म पार्टी अध्यक्षको हैसियतले सबैलाई हार्दिक आह्वान र आग्रह गर्दछु ।’

पार्टीमा माधव नेपाल पक्षधर सांसदहरुले सामुहिक राजीनामा दिने तयारी गरिरहेको अवस्थामा ओलीले विज्ञप्ती जारी गरेका हुन् । उनले आफुले कसैलाई पनि काखा पाखा र पक्षपात नगर्ने बताएका छन् ।

ओलीले भनेका छन्, ‘कुनै पनि तहमा पार्टीका सरकारलाई ढालिछाड्ने र विरोधीहरुको दिग्विजय गराएर उत्सव मनाउने जस्ता घातक र दुःखद् प्रवृत्तिहरु पनि आज देखा परेका छन्। यी प्रवृत्ति कुनै पनि हिसाबले उपयुक्त होइनन् र यी हानिकारक छन्।’

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतबार  ५ : ५४ बजे

वैशाख २ गतेदेखि जुम्लामा आर्थिक गणना

जुम्ला । आगामी वैशाख २ गतेदेखि असार ७ गतेसम्म जुम्लामा

देशकै ठूलो यातायात संस्था : पश्चिम नेपाल बसको छैठौं साधारणसभा फरक शैलीमा

बुटवल । नेपालकै ठूलो यातायात व्यवसायी संस्था पश्चिम नेपाल बस

एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को संसदीय दलको बैठक आज

चट्याङ लागेर एक जनाको मृत्यु, एक घाइते

बागमती । चट्याङ लागेर मकवानपुरको बागमती गाउँपालिकामा-१ भैसेमा एक जनाको