१८ चैत्र २०८२, बुधबार | April 1, 2026

‘विश्वासको मत’मा सांसदहरुलाई जता मनलाग्छ त्यता मतदान गर्न जसपामा छुट, ह्वीप नलाग्ने



काठमाडौं । जनता समाजवादी पार्टी जसपाले प्रधानमन्त्री केपी शर्मा ओलीले लिने विश्वासको मतको मतदानमा सांसदहरुलाई ह्वीप नलगाउने भएको छ ।

जसपाको आज बसेको पदाधिकारी बैठकले सरकारको पक्ष या विपक्षमा सांसदहरुलाई मतदानमा भाग लिन, तटस्थ बस्न या पक्ष विपक्षमा मतदान गर्न सांसदहरुकै स्वविवेकमा छोडिदिने निर्णय गरेको हो ।
जसपाभित्र ओलीको विरुद्धमा मतदान गरी नयाँ सरकार बनाउनुपर्ने अध्यक्ष उपेन्द्र यादव एवं संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई पक्षधर र सरकारको पक्षमा लाग्नुपर्ने अध्यक्ष महन्थ ठाकुर पक्षधरबीच कुरा मिल्न नसकेपछि बीचको मध्यमार्गी बाटो निकालिएको हो ।

अब जसपाका सांसदहरुमध्ये प्रधानमन्त्री ओलीलाई समर्थन गर्नेहरुले विश्वासको पक्षमा मत दिन सक्नेछन् भने विरोध गर्नेहरुले विपक्षमा । यस्तै, मतदानमा तटस्थ समेत बस्न पाउनेछन् । अध्यक्ष यादव पक्षधरहरुले भने विश्वासको मतको विपक्षमा मतदान गर्ने तयारी गरेका छन् ।

जसपा पदाधिकारी बैठक बस्नुअघि अध्यक्ष ठाकुर र नेता राजेन्द्र महतोले प्रधानमन्त्री ओलीलाई भेट गरेर विश्वासको मत दिन नसक्ने तटस्थ बस्ने जानकारी दिएका थिए । त्यसअघि कांग्रेस सभापति शेरबहादुर देउवालाई बिहान भेट गरेर आफुहरुले नयाँ सरकार बनाउने खेलमा नलाग्ने जनाएका थिए ।

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतबार  ६ : १६ बजे

वैशाख २ गतेदेखि जुम्लामा आर्थिक गणना

जुम्ला । आगामी वैशाख २ गतेदेखि असार ७ गतेसम्म जुम्लामा

देशकै ठूलो यातायात संस्था : पश्चिम नेपाल बसको छैठौं साधारणसभा फरक शैलीमा

बुटवल । नेपालकै ठूलो यातायात व्यवसायी संस्था पश्चिम नेपाल बस

एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को संसदीय दलको बैठक आज

चट्याङ लागेर एक जनाको मृत्यु, एक घाइते

बागमती । चट्याङ लागेर मकवानपुरको बागमती गाउँपालिकामा-१ भैसेमा एक जनाको