१३ माघ २०८२, मंगलबार | January 27, 2026

काेराेनाविरुद्धकाे खोप समानुपातिक वितरण गर्न फ्रान्सको आग्रह



बेइजिङ (सिन्ह्वा)। फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले कोरोना भाइरस खोपको निर्यात नभएकोमा अमेरिकालगायत खोप निर्माण गरेका कतिपय यूरोपेली मुलुकलाई खोपको ब्यवस्थित वितरणका लागि आग्रह गरेका छन् ।

उनले कुनै देशको नाम उल्लेख नगरिकनै भने, “कतिपय मुलुकमा उत्पादित खोप शतप्रतिशत आफ्नै बजारमा आपूर्ति भएको छ । जुन दुखद् कुरा हो ।”

पोर्चुगलको पोर्टोमा युरोपेली संघ सामाजिक शिखर सम्मेलनमा बोल्दै म्याक्रोले भने, “खोप र कच्चा सामानको निर्यातमा खोपको यथोचित वितरण गर्नु जरुरी कार्यको तर कतिपय मुलुकले यसो नगरेको तर बहसलाई अन्यथा मोड्न खोजेको पाइएको छ ।”

अङ्ग्रेजी पत्रिका ‘फाइनान्सियल टाइम्स’ले म्याक्रोनको टिप्पणीहरू विशेष गरी अमेरिका निर्देशित भएको बताएको छ भने अर्को पत्रिका ‘गार्जियन’ ले भने म्याक्रोले बेलायती र अमेरिकी सरकारलाई अन्य देशहरूमा खोप निर्यात गर्न आग्रह गरेको समाचारमा उल्लेख गरेका छन् ।

यसैबीच यसवर्ष मार्चसम्ममा चीनले विश्वलाई १० करोड ९० लाख खोप निर्यात गरेको छ जुन चीनमा कुल उत्पादनको ४८ प्रतिशत हो ।

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार  ७ : १६ बजे

घृणाजन्य अभिव्यक्ति बन्द गर्न मानवअधिकार आयोगको आग्रह

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले शान्ति सुरक्षामा असर पर्ने घृणाजन्य

प्रतिनिधि सभा सदस्य निर्वाचन : ७७ वटै जिल्लामा आचारसंहिता अनुगमन अधिकृत तोकियो

काठमाडौं । फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य

निर्वाचन आचारसंहिता कडाइका साथ पालना गराउन उद्योगीको माग

काठमाडौं । निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता, २०८२ लाई

त्रिशूली किनारमा भेटिएको गणपति डिलक्स बसको उत्खनन कार्य स्थगित, बसभित्र मानव कङ्काल फेला

तनहुँ । तनहुँको आबुखैरेनी गाउँपालिका-५ दोन्द्राङवेसीस्थित त्रिशूली नदी किनारमा भेटिएको