९ चैत्र २०८२, सोमबार | March 23, 2026

जनशक्ति अभावमा जडान हुन सकेन अक्सिजन प्लान्ट



जाजरकोट । डोल्पाको स्वास्थ्य सेवा कार्यालयमा अक्सिजन प्लान्ट प्रयोगविना थन्किएको छ । आवश्यक जनशक्ति नहुँदा दुई हप्ता अघिदेखि अक्सिजन प्लान्ट थन्किएको हो ।

जिल्लामा कोरोनाका बिरामी आएर समस्या परे पनि प्लान्ट खरिद गरेर बन्द कोठामा थन्क्याउने काम भएको स्वास्थ्य सेवा कार्यालय डोल्पाका निमित्त प्रमुख अमरसिंह शाहीले जानकारी दिए । दुई हप्ताअघि नै डोल्पा पुगेको प्लान्ट जडान गर्ने बायोमेडिक इन्जिनीयर नहुँदा थन्किएको शाहीले बताए ।

ड्रागन मेडिटेक प्रालि सुर्खेतले २९ लाख रुपैयाँमा उक्त प्लान्ट खरिदको गरेको थियो । बायोमेडिक इन्जिनियर नभएको भन्दै उक्त प्लान्ट जोड्न प्रालिले ढिलासुस्ती गरिरहेको निमित्त स्वास्थ्य प्रमुख शाहीले बताए । शाहीका अनुसार बारम्बार ताकेता गर्दा पनि आफूहरुसँग बायोमेडिक इन्जिनियर अभाव रहेकाले जडान गर्न ढिला भएको कम्पनीले बताउँदै गरेको छ ।

हाल थन्किएर बएको प्लान्टबाट प्रतिघण्टा ४० लिटर अक्सिजन उत्पादन गर्ने र एकै पटकमा कम्तीमा पनि २५ देखि ३० शय्या पाइपमार्फत अक्सिजन दिन सकिने डा मेलिना हमालले जानकारी दिइन । रासस

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार  ७ : ४२ बजे

आज विश्व जल तथा मौसम दिवस मनाइँदै

काठमाडौं । ‘आजको अवलोकन, भोलिको सुरक्षा’ भन्ने नाराका साथ नेपालमा

नेपाली मूलका नागरिकका लागि विमानस्थलमा अलग्गै डेस्क राखिने

काठमाडौं । विश्वमा छरिएर रहेका नेपाली मूलका नागरिक एवं गैर

सूर्यविनायक-धुलिखेल सडक विस्तार : तीनवर्षमा ६७ प्रतिशत भौतिक प्रगति

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म छ लेनमा

ज्येष्ठ सदस्य केसीले राष्ट्रपति समक्ष शपथ लिने

काठमाडौंँ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपति रामचन्द्र पौडेल

प्रधानमन्त्री कार्की र रास्वपा सभापति लामिछानेबीच भेट

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति