४ पुस २०८२, शुक्रबार | December 20, 2025

प्रधानमन्त्रीलाई विश्वासको मत नदिने माओवादी संसदीय दलको निर्णय



काठमाडौं । नेकपा माओवादी केन्द्रको संसदीय दलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।

माओवादीको आज बसेको संसदीय दलको बैठकले यसअघि पार्टी स्थायी कमिटी बैठले गरेको निर्णयकै आधारमा प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेको हो । बैठकले विश्वासको पक्षमा मत नहाल्न अन्य दलहरुलाई पनिआग्रह गरेको छ ।

बैठकले कोभिड १९ संक्रमणको महामारी भयावह बन्दै गरेको अवस्थामा नागरिकको जीवन रक्षाका लागि सरकार गंम्भीर नबनेको निष्कर्षका साथ तत्काल आवश्यक स्वास्थ्य सामाग्री खरिद गरि नागरिकको जीवन रक्षाको प्रत्याभुति गर्न सरकारसँग माग गरेको छ ।

बैठकले विशेष गरेर आज प्रतिनिधिसभामा प्रस्तुत हुने प्रधानमन्त्रीको विश्वासको मतको विपक्षमा मतदान गर्ने र सरकारलाई कोभिड संक्रमणबाट सर्वधारणको जीवनरक्षाका लागि तत्काल आवश्यक स्वास्थ्य प्रबन्ध मिलाउन माग गर्ने निर्णय गरेको प्रमुख सचेतक देव गुरुङ्गले जानकारी दिए ।

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार  १२ : ३५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको