३ पुस २०८२, बिहिबार | December 18, 2025

प्रधानमन्त्रीलाई संसद समक्ष विश्वासको मत माग्ने नैतिक अधिकार छैन : प्रचण्ड



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओलीलाई वर्तमान संसद समक्ष बिश्वासको मत माग्ने नैतिक अधिकार नभएको बताएका छन् ।

प्रधानमन्त्रीले बिश्वासको मत लिनका लाथि बोलाईएको प्रतिनिधिसभाको बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले आफैले विघटन गरेर संसद मरेको घोषणा गर्ने प्रधानमन्त्रीले त्यही संसदसँग बिश्वासको मत माग्ने नैतिक अधिकार नभएको बताए ।

पार्टी भित्रको लोकतान्त्रिक बहस, छलफल र आलोचनालाई पार्टीको कचिङ्गल भन्दै प्रधानमन्त्री ओलीले देश प्रति न्याय नगरेको आरोप लगाउँदै अध्यक्ष प्रचण्डले केपी ओलीले आफ्नो ३ वर्षे कार्यकालमा कम्युनिष्ट एकता क्षतविच्छेद पारेको, संबिधान चिथोरिएको कोपरिएको अवस्थामा पुगेको बताए । उनले सरकारका गतिबिधिले संबिधानलाई पनि कोरोना संक्रमण भएको र आईसीयूमा पु-याईएको अवस्था रहेको पनि आरोप लगाए ।

प्रधानमन्त्रीले आफुलाई राष्ट्रिय संकटको आरोप लगाएको स्मरण गर्दै प्रधानमन्त्री ओलीकै कारण संविधानमा संकट, राष्ट्रिय स्वाधिनतामा संकट , लोकतान्त्रि प्रणालीमा संकट, कम्युनिष्ट एकतामा संकट आएका कारण प्रधानमन्त्री केपी ओली स्वयं राष्ट्रिय संकट भएको जिकिर गरे ।

बाम गठबन्धन र कम्युनिष्ठ एकता र स्थिर राजनितीको सपनालाई प्रधानमन्त्रीले डे वान देखिनै टुहाउने काम गरेको भन्दै उनले सुन्दर सपना बुनेर बनाइएको संविधानलाई ओलीका कारण संसदलाई सांसद खरिद बिक्रिको थलो बनाईन खोजेको बताए ।

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार  ३ : ४९ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका