४ पुस २०८२, शुक्रबार | December 20, 2025

विश्वासको मत दिँदैनौं, विकल्प खोज्न अघि बढिसक्यौं : यादव



काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्रीलाई समर्थन गर्न नसक्ने बताएका छन् ।

प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष यादवले यो सरकार रहेसम्म देशमा संघीयता, समावेशीता, लोकतन्त्र, संविधान र राष्ट्रिय समस्याको समाधान हुन नसक्ने जिकिर गरे ।

अध्यक्ष यादवले भने ‘प्रधानमन्त्रीकै कारण समृद्ध नेपाल सुखी नेपाली हैन दरिद्र नेपाल दुःखी नेपाल भएका छन् । यस्तो परिस्थितिमा विश्वासको मत कसरी दिने ?’

यादवले यो तीन वर्षको अवधीमा सबैभन्दा बढी हत्या हिंसा र वलात्कारका घटना भएको जिकिर गरे । उनले भने, ‘महिला हिंसा र दलित हिंसा भएका छन् । राज्यको पहिलो कर्तव्य जनताको जिउजनको रक्षा गर्नु हो तर सरकार जनताको सुरक्षा दिनमा असफल भएको छ ।’

अध्यक्ष यादवले प्रधानमन्त्री ओलीले संघीयता, समावेशिता विरुद्ध काम गरेको आरोप लगाए । उनले जुन प्रतिनिधिसभालाई विश्वास नगरी असंवैधानिक रूपमा विघटन गरियो, त्यहाँ नै विश्वासको मत कसरी माग्न आएको भन्दै प्रधानमन्त्री ओलीलाई प्रश्न गरे ।

यादवले मधेशका आन्दोलनकारी मारिँदा आँप झरेको भन्ने ओलीको पूर्वअभिव्यक्तिको स्मरण गराउँदै अहिले मधेशीलाई आँप खुवाएर फकाइरहेको आरोप लगाए ।

अध्यक्ष यादवले प्रधानमन्त्रीले विधि र प्रक्रियामार्फत शासन सत्ता चलाउनुपर्नेमा अध्यादेशमार्फत चलाउन खोजेको आरोप लगाए । उनले विश्वासको मत नदिने स्पष्ट पारे । यादवले विश्वासको मतको विरुद्धमा मतदान गर्ने र विकल्प खोज्नेतर्फ अघि बढिरहेको स्पष्ट पारे ।

 

तटस्थ बस्छौं : ठाकुर

यसअघि, जसपाका अर्का नेता महन्थ ठाकुरले भने आफुहरु कसैलाई समर्थन नगरी तटस्थ बस्ने बताएका थिए । ठाकुरले आफ्ना सांसद र मेयरहरु अझै पनि जेलमा रहेको बताउँदै संविधानको त्रुटीका कारण आफुहरु विभेदमा परेको आरोप लगाए ।

संविधान संशोधनको माग पुरा हुन बाँकी रहेको बताउँदै अहिलेको अवस्थामा आफुहरु तटस्थ बस्ने बताए ।

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार  ४ : ०८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको