९ चैत्र २०८२, सोमबार | March 23, 2026

अफगानिस्तानमा फेरि १३ जना सर्वसाधारण मारिए, ३७ जना घाइते



काबुल । युद्धग्रस्त मुलुक अफगानिस्तानको जाबुल र परवान प्रान्तमा भएका दुई अलग अलग बिस्फोटमा १३ जना सर्वसाधारणको मृत्यु भएको छ ।
प्रहरीका अनुसार आइतवार भएका यी बिस्फोटमा अरु ३७ जना घाइते भएका छन । अफगानिस्तानको गृह मन्त्रालयका अनुसार जाबुलमा ११ जना सर्वसाधारणको ज्यान गएको छ भने २८ जना घाइते भएका छन । सडक किनारामा बिछ्याइएको बारुदी सुरुङ बिस्फोटबाट सर्वसाधारण हताहत भएका हुन ।

आइतवार बेलुकीपख जाबुलको शहर-ए-साफा जिल्लामा एउटा यात्रुबाहक बसलाई लक्षित गरी उक्त बिस्फोटन भएको मन्त्रालयले जनाएको छ ।
यसैगरी, सोमवार बिहान परवान प्रान्तको पुल-ए-मटाक क्षेत्रमा पनि यात्रुबाहक बसलाई लक्षित गरी बारुदी सुरुङ बिस्फोट गराउँदा दुई जनाको मृत्यु भएको छ भने अरु नौ जना घाइते भएका छन ।

परवान अस्पतालका प्रमुख डा कासिम साङ्गिनले घाइतेहरुलाई नजिकका अस्पतालमा भर्ना गरिएको जानकारी दिए । उक्त घटनामा महिला र बालबालिका बढी घाइते भएका छन ।

सरकारी पक्षले उक्त घटनाहरु तालिबान विद्रोही समूहले गराएको आरोप लगाए पनि तालिबान समूहले कुनै प्रतिक्रिया जनाएको छैन ।

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार  ५ : ५० बजे

आज विश्व जल तथा मौसम दिवस मनाइँदै

काठमाडौं । ‘आजको अवलोकन, भोलिको सुरक्षा’ भन्ने नाराका साथ नेपालमा

नेपाली मूलका नागरिकका लागि विमानस्थलमा अलग्गै डेस्क राखिने

काठमाडौं । विश्वमा छरिएर रहेका नेपाली मूलका नागरिक एवं गैर

सूर्यविनायक-धुलिखेल सडक विस्तार : तीनवर्षमा ६७ प्रतिशत भौतिक प्रगति

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म छ लेनमा

ज्येष्ठ सदस्य केसीले राष्ट्रपति समक्ष शपथ लिने

काठमाडौंँ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपति रामचन्द्र पौडेल

प्रधानमन्त्री कार्की र रास्वपा सभापति लामिछानेबीच भेट

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति