१३ माघ २०८२, मंगलबार | January 27, 2026

कैलालीमा थप नौ जना कोरोना संक्रमितको मृत्यु



धनगढी । कैलालीमा थप नौ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालमा छ, टीकापुर अस्पतालमा दुई र होम आइसोलेशनमा रहेका एक जनाको मृत्यु भएको होे ।

सेती अस्पतालमा कैलालीको धनगढी उपमहानगरपालिका-३ का ६२ र ८७ वर्षीया महिला, र वडा नं १८ का ४२ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।

यसैगरी बर्दगोरिया गाउँपालिका-४ का ५२ वर्षीय पुरुष, घोडाघोडी नगरपालिका-१० का ३७ वर्षीय पुरुष र कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-७ का ३३ वर्षीय पुरुषको पनि मृत्यु भएको उनले जानकारी दिए ।

टीकापुर अस्पतालमा दुई सङक्रमितको मृत्युभएका मध्ये टीकापुर नगरपालिका-७ का ६३ वर्षीया महिला र वडा नं १ का ५१ वर्षीया महिला रहेको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार  ६ : ०८ बजे

अख्तियारद्वारा भरतपुरका तत्कालीन वरिष्ठ इञ्जिनियर आचार्यविरुद्ध आरोपपत्र दायर

काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भरतपुर महानगरपालिकाका तत्कालीन वरिष्ठ

संसद् पुनःस्थापनको मागमा २० गते पेसी तोकिएको होइन : सर्वोच्च अदालत

काठमाडौँ । सर्वोच्च अदालतले संसद् पुनःस्थापना माग गर्दै दायर भएका

स्वास्थ्य बीमाको जिम्मेवार प्रयोग गर्न स्वास्थ्य बीमा बोर्डको सार्वजनिक अपिल

काठमाडौँ । सरकारले सञ्चालन गर्दै आएको सामाजिक स्वास्थ्य सुरक्षाअन्तर्गतको महत्त्वपूर्ण

घृणाजन्य अभिव्यक्ति बन्द गर्न मानवअधिकार आयोगको आग्रह

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले शान्ति सुरक्षामा असर पर्ने घृणाजन्य