१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

औद्योगिक क्षेत्र उद्योग संघले दियो ५० वटा अक्सिजन सिलिण्डर



बुटवल । कोरोना संक्रमितहरुको उपचारमा रहेको अक्सिजनको अभावपूर्तिका लागि यस क्षेत्रका सामाजिक तथा व्यवसायी संघसंस्थाहरुले विभिन्न प्रकारले सहयोग गर्दै आएका छन् ।

पछिल्लो समयमा वजारमा देखिएको अक्सिजन सिलिन्डरको अभावलाई कम गर्न बुटवल औद्योगिक क्षेत्र उद्योग संघले आफ्ना सदस्य उद्योगहरुले प्रयोग गर्दै आएका सिलिन्डरहरु संकलन गरि प्रदेश सरकार तथा स्थानिय सरकारलाई हस्तान्तरण गरेको छ ।

संघका अध्यक्ष हिरामणी भट्टराईका अनुसार संघको सक्रियतामा बुटवल औद्योगिक क्षेत्रभित्रका उद्योगहरुबाट ५० वटा अक्सिजनका सिलिन्डरहरु संकलन गरि लुम्बिनी प्रदेश सरकार र बुटवल उपमहानगरपालिकालाई दिएको छ ।

संघले दुई चरणमा गरि ति सिलिण्डरहरु संकलन गरिएको महासचिव नेत्रनारायण भण्डारीले बताए । औद्योगिक क्षेत्रमा सञ्चालनमा रहेका विभिन्न प्रक्रितिका उद्योगहरुले आफ्नो उत्पादन कार्यका लागि प्रयोग गरिदै आएका सिलिण्डरहरु कोरोना उपचारका लागि उपलब्ध गराएको जनाइएको छ ।

औद्योगिक उत्पादनभन्दा मान्छेको स्वाश्थ्य महत्वपूर्ण भएको हुदाँ उद्योगीहरुले संघले गरेको अनुरोधलाई आत्मसाथ गरि सिलिण्डरहरु दिएको संघका अध्यक्ष भट्टराईले बताए ।

 

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार  ६ : २० बजे

बसको ठक्करबाट भरतपुरमा तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना

विदेश उत्तम, स्वदेश खत्तम’ भन्ने बुझाई गलत छ : अशोक राई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल, सङ्घीय परिषद् अध्यक्ष

भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुँदै

डोल्पा । भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुने भएका

डढेलोले खोटाङमा तेह्र घर खरानी

खोटाङ । सामुदायिक वनमा लागेको डढेलो गाउँसम्म फैलदा बराहपोखरी गाउँपालिका–१

बुटवलका मासु व्यवसायी बधशालाको मासु बेच्न अनिच्छुक

बुटवल । मानव बस्तीको चहलपहल भइरहनेस्थलमै पशुपन्छी बध गरेर प्रदुषित