१५ चैत्र २०८२, आइतबार | March 29, 2026

आफ्नैले किस्ती डुबाए ओलीको, विपक्षीमा त कहाँ दम थियो र ?



विश्वासको मत लिने दिन नजिकै आएपछि निकै दौडधुप गरेपनि अन्ततः प्रधानमन्त्री केपी ओलीले संसदबाट विश्वासको मत प्राप्त गर्न सकेनन् । उनले विश्वासको मत प्राप्त गर्न नसक्नुमा विपक्षी पार्टीका सांसद होईन आफ्नै पार्टीका सांसद मुख्य कारक बनेका छन् ।

पार्टीका अध्यक्ष समेत रहेका ओलीले घरभित्रका सांसदलाई चिढ्याएर जसपा फकाउन समय खर्च गरेपछि ओलीको मत नपुग्नुको कारक एमालेकै सांसदहरु बन्न पुगेका हुन् । आफुलाई प्रधानमन्त्री पदमा पु-याउनका लागि मात्र प्रचण्डसँग एकता गरेका ओलीले प्रधानमन्त्री नियुक्त भएकै दिनबाट प्रचण्डको अस्तित्वलाई त स्वीकार गरेनन् नै, आफ्नै पूर्व पार्टीका नेपाल पक्षलाई पेलेर लैजाने रणनीति बनाएपछि पार्टीमा विवाद चर्कँदै गयो । सुरुमा प्रचण्डलाई उपयोग गरेर माधव पक्षलाई पेल्ने रणनीति बनाएका ओलीमा दम्भ र अहंकार बढ्दै गयो र पछि पछि नेपाल पक्ष र प्रचण्ड दुबैलाई पेल्ने निती अख्तियार गरे । अन्ततः लुरुलुरु ओलीका पछि लागेका प्रचण्ड पनि नेपालको निकट जान बाध्य बने ।

दुनियालाई अचम्ममा पार्दै नेपालमा एक भएको हल्ला पिटिएको कम्युनिष्ट एकता २ वर्ष पनि टिक्न दिईएन । पार्टीको कमिटीलाई अस्विकार गर्ने , बैठक बस्दै नबस्ने बसेपनि बैठकको निर्णय मान्दिन भन्ने, पार्टी र पार्टीका नेताहरुको अवमुल्यन गर्ने, नेताहरुको ताजोबोध गर्ने कार्यलाई ओलीले तिब्रता दिएपछि अदालतको सेटिङ सम्म पुग्दा वैधानिक तरिकाबाट भएको एकता नै भङ्ग गरियो । पार्टी भित्रको आन्तरिक विवाद र फरकमतहरुलाई सम्बोधन गर्नुको सट्टा पार्टी भित्रका विवादलाई संसद विघटन सम्म पु-याएर ओलीले असंवैधानिक काम गरे । सहमती, समझदारी र संगठन भित्रको सल्लाहबाट समाधान नखोजेर बल, धम्की, कारवाही, निस्काशनको बाटो अवलम्बन गरेपछि अन्ततः ओली राज उनकै दशकौं देखि सहकार्य गर्दै आएका सहकर्मी नेताहरुका कारण ड.ढल्यो ।

सोमबार प्रतिनिधिसभा बैठकमा भएको मतदानमा विश्वासको मतको पक्षमा ९३ मत र विपक्षमा १२४ मत खसेपछि ओलीको दम्भ सँगै उनको अजम्मरी सत्तामा बस्ने सपना पनि ढलेको छ । मतदान प्रक्रियामा एमालेको माधव नेपाल(झलनाथ खनाल समूहका २८ सांसदले भाग लिएनन् । पार्टीले अनिवार्य उपथित हुन र पक्षमा मत हाल्न ह्वीप जारी गरेपनि ओली पक्षको ह्वीपलाई चुनौती दिंदै माधवकुमार नेपाल, झलनाथ खनाल, योगेश भट्टराईलगायतले मतदान प्रक्रियामा भाग लिएनन् । ओलीकै दम्भ र अहंकारले दुईतिहाईको हाराहारीमा रहेको नेपालको बामपन्थी नेतृत्वको सरकार ढल्यो, गैर बामपन्थीका कारण होईन बामपन्थीकै कारण । ओलीको सत्ताको किस्ती डुबाउने विपक्षीमा त दम छँदै थिएन, आफ्नैले डुबाईदिए ।

यी हुन् ओलीलाई मत दिन संसदमा नपुगेका एमाले सांसदहरु :

१, योगेश भट्टराई
२, झलनाथ खनाल
३, पवित्रा निरौला खरेल
४, भवानी खापुङ
५, जयकुमार राई
६, यज्ञराज सुनुवार
७, गणेश पहाडी
८, विरोध खतिवडा
९, कृष्णलाल महर्जन
१०, माधवकुमार नेपाल
११, जीवनराम श्रेष्ठ
१२, नारायण खतिवडा
१३, घनश्याम भुसाल
१४, गोकर्ण विष्ट
१५, सोमप्रसाद पाण्डे
१६, मेटमणी चौधरी
१७, झपट रावल
१८, भीमवहादुर रावल
१९, दिपकप्रकाश भट्ट
२०, सुरेन्द्र पाण्डे
२१, रामकुमारी झाँक्री
२२, सरला यादव
२३, पुष्पाकुमारी कर्ण
२४ं, कल्याणी खड्का
२५,निरादेवी जैरु
२६,कलिला खान ९उपस्थित भएर भोट नहालेकी रु०
२७, लक्ष्मीकुमारी चौधरी
२८, मुकुन्द न्यौपाने

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार  ७ : ३७ बजे

ओलीको रिहाइको माग गर्दै ओली पत्नी राधिका शाक्यले दिइन् बन्दी प्रत्यक्षीकरणको निवेदन

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीकी

देउवा निवास भत्काउन प्रशासनको रोक, सम्पत्ति शुद्धीकरण अनुसन्धानको तयारी

काठमाडौं। सरकारले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित निजी निवास भत्काउने कार्यमा

नेपालगन्जमा जलेको अवस्थामा युवतीको शव फेला

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ कोरियनपुरमा मध्यराति एक

पूर्वगृहमन्त्री रमेश लेखकलाई अदालतमा उपस्थित गराइयो

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई म्याद

पूर्णबहादुर खड्काको सदस्यता अध्यावधिक नगर्नेबारे कांग्रेसले थाल्यो परामर्श

काठमाडौं । नेपाली कांग्रेसले नेता एवं पूर्वउपसभापति पूर्णबहादुर खड्काले ‘कार्यवाहक