१३ माघ २०८२, मंगलबार | January 28, 2026

कोरोना कहर : भारतमा ३ लाख २९ हजार नयाँ संक्रमित थपिए, ३८ सय ७९ जनाको मृत्यु



काठमाडौं । दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा पछिल्लो २४ घण्टामा संक्रमितको दैनिक वृद्धिमा केही कमी आएको छ ।

लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ३ लाख २९ हजार ५१७ जनामा संक्रमित पुष्टि भएको हो ।

कुल संक्रमित संख्याका आधारमा दोस्रो स्थानमा रहेको भारतमा पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या २ करोड २९ लाख ९१ हजार ९२७ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा १ करोड ९० लाख २१ हजार २०७ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या ३७ लाख २० हजार ६९५ छ ।

यस्तै त्यहाँ एकैदिन ३८ सय ७९ संक्रमितको मृत्यु भएको छ । दोस्रो लहरको संक्रमण बढ्दै जाँदा भारतमा मृतक संख्या पनि दिनदिनै बढ्दो क्रममा छ । पछिल्लो विवरणसँगै भारतमा मृतक संख्या २ लाख ५० हजार २५ पुगेको छ ।

 

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलबार  ९ : १५ बजे

अख्तियारद्वारा भरतपुरका तत्कालीन वरिष्ठ इञ्जिनियर आचार्यविरुद्ध आरोपपत्र दायर

काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भरतपुर महानगरपालिकाका तत्कालीन वरिष्ठ

संसद् पुनःस्थापनको मागमा २० गते पेसी तोकिएको होइन : सर्वोच्च अदालत

काठमाडौँ । सर्वोच्च अदालतले संसद् पुनःस्थापना माग गर्दै दायर भएका

स्वास्थ्य बीमाको जिम्मेवार प्रयोग गर्न स्वास्थ्य बीमा बोर्डको सार्वजनिक अपिल

काठमाडौँ । सरकारले सञ्चालन गर्दै आएको सामाजिक स्वास्थ्य सुरक्षाअन्तर्गतको महत्त्वपूर्ण

घृणाजन्य अभिव्यक्ति बन्द गर्न मानवअधिकार आयोगको आग्रह

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले शान्ति सुरक्षामा असर पर्ने घृणाजन्य