२१ श्रावण २०८३, बिहिबार | August 6, 2026

तिलोत्तमा चेम्बरले ग¥यो नगरपालिकालाई अक्सिजन सहयोग



तिलोत्तमा । तिलोत्तमा चेम्बर अफ कमर्सले तिलोत्तमा नगरपालिकाको आइसोलेसनमा रहेका कोरोना संक्रमित बिरामीहरुको उपचारमा अक्सिजन अभाव हुन नदिने उद्देश्यले १०० थान अक्सिजन सिलिण्डर भर्नका लागि सहयोग रकम हस्तान्तरण गरेको छ ।

चेम्बरका अध्यक्षले तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिप पौडेललाई  चेक हस्तान्तरण गरेका हुन ।

चेम्बरका अध्यक्ष बाबुलाल भुसालले चेम्बरको टिम जस्तो सुकै परिस्थितिमा पनि सहयोग गर्न तयार रहेको जानकारी गराएका छन । साथै सबैमा सहयोगको लागि उनले अपिल समेत गरेका छन ।

त्यस्तै प्रमुख प्रशासकीय अधिकृत प्रदिप पौडेलले आ-आफ्नो क्षेत्रबाट चेम्बरले जस्तै सहयोगका लागि सम्पूणलाई आग्रह गरे ।

चेक हस्तान्तरण कार्यक्रममा उपस्थित अध्यक्ष बाबुलाल भुसाल, प्रथम उपाध्यक्ष रामचन्द्र पान्डेय, द्वितीय उपाध्यक्ष नेत्र प्रसाद न्यौपाने, सचिव मान बहादुर बर्मा, कार्यालय प्रमुख रामु सापकोटाको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलबार  ५ : २२ बजे

करदाता प्रोत्साहन कार्यक्रमः शुक्रबार उपहार घोषणा गरिने

काठमाडौँ । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमको सम्पूर्ण

लक्षित वर्गका बिरामीलाई निःशुल्क उपचार गर्न ‘फोकल पर्सन’

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले लक्षित वर्गका नागरिकलाई

पच्चीस वर्षपछि यसरी नाफामा फर्कियो नेपाल औषधि लिमिटेड

काठमाडौं । एकदशक अगाडिसम्म कर्मचारीको तलब दिन नसक्ने अवस्थामा पुगेको

भारतमा मुख्यधारका सञ्चारमाध्यमप्रति अविश्वास बढ्दो

नयाँदिल्ली । भारतमा गत महिना भएको युवा नेतृत्वको विरोध प्रदर्शनले

देउवा साउन २६ मा स्वदेश फर्किने

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा साउन