४ पुस २०८२, शुक्रबार | December 19, 2025

तिलोत्तमा चेम्बरले ग¥यो नगरपालिकालाई अक्सिजन सहयोग



तिलोत्तमा । तिलोत्तमा चेम्बर अफ कमर्सले तिलोत्तमा नगरपालिकाको आइसोलेसनमा रहेका कोरोना संक्रमित बिरामीहरुको उपचारमा अक्सिजन अभाव हुन नदिने उद्देश्यले १०० थान अक्सिजन सिलिण्डर भर्नका लागि सहयोग रकम हस्तान्तरण गरेको छ ।

चेम्बरका अध्यक्षले तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिप पौडेललाई  चेक हस्तान्तरण गरेका हुन ।

चेम्बरका अध्यक्ष बाबुलाल भुसालले चेम्बरको टिम जस्तो सुकै परिस्थितिमा पनि सहयोग गर्न तयार रहेको जानकारी गराएका छन । साथै सबैमा सहयोगको लागि उनले अपिल समेत गरेका छन ।

त्यस्तै प्रमुख प्रशासकीय अधिकृत प्रदिप पौडेलले आ-आफ्नो क्षेत्रबाट चेम्बरले जस्तै सहयोगका लागि सम्पूणलाई आग्रह गरे ।

चेक हस्तान्तरण कार्यक्रममा उपस्थित अध्यक्ष बाबुलाल भुसाल, प्रथम उपाध्यक्ष रामचन्द्र पान्डेय, द्वितीय उपाध्यक्ष नेत्र प्रसाद न्यौपाने, सचिव मान बहादुर बर्मा, कार्यालय प्रमुख रामु सापकोटाको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलबार  ५ : २२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको