११ कार्तिक २०८३, बुधबार | October 28, 2026

शवदाह गृह बिग्रिँदा…



काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएकाको शव पशुपतिस्थित विद्युतीय शवदाह गृहमा जलाइँदै आएको थियो । तर, दुइटा मेसिनले मात्रै धान्न नसकेपछि बागमती खोला किनारमा पनि ३० वटा चिता बनाएर शव जलाउन सुरु गरिएको छ । शवदाह गृहको एउटा मेसिन बिग्रिएर थन्किएको छ। उक्त मेसिन मर्मतका क्रममा रहेको जनाइएको छ ।

पशुपति क्षेत्र विकास कोषअन्तर्गत शवदाह गृहका प्रमुख सुवास कार्कीका अनुसार कोरोना संक्रमित शवलाई निःशुल्क रूपमा विद्युतीयमा जलाउने गरिन्छ । प्रक्रिया पुर्‍याएर आएका सबै शव जलाउने गरिएको कार्कीको भनाइ छ ।

दैनिक ७५-८० वटा शव आउँदा मेसिनले मात्रै धान्दैन । एउटा शव जलाउन करिब डेढ घण्टा लाग्छ । शव एकैचोटी ५-६ देखि १५ वटा आउने गर्छ । त्यहाँमाथि भएन तीन-चारवटा गाडी एकैचोटी आउँछ’, कार्कीले भने, ‘हामीले व्यवस्थापन त गर्नुपर्‍यो अरू चिता बनाएर । अस्ति ८२ वटा शव आएका थिए हिजो ७५ वटा आए । आज करिब ७९ वटाका लागि खबर आइसक्यो। यत्रो शव दुइटा मेसिनले मात्रै कसरी जलाउन सक्नू ?’

उनका अनुसार शव बाहिर जलाउँदा पनि पूरै सावधानी अपनाउनुपर्छ । ‘दाउरा र मेसिन दुवै ठाउँमा स्वास्थ्य मापदण्डअनुसार नै शव जलाउने काम हामीले गरिरहेका छौं’, उनले भने, ‘हामीले जति आउँछन् शव तिनलाई सकेसम्म जलाउने काम नै गरेका छौं । हाम्रो चाहना शवको संख्या नबढोस् भन्ने हो । आएकोलाई त दाहसंस्कार गर्नै पर्‍यो ।’

संक्रमितको शव दाहसंस्कारमा आवश्यक सामग्री आफूहरूले उपलब्ध गराउँदै आएको उनले सुनाए । ‘हामीले कसैबाट रकम लिएका छैनौं । कोभिड-१९ भन्दा बाहेक मृत्यु भएर आएका शवको दाहसंस्कारको नियमानुसार लाग्ने खर्च त लाग्ने नै भयो’, उनले भने ।

उनका अनुसार सेनाले शव ल्याएर हस्तान्तरण गर्छ । ‘त्यसको सबै व्यवस्थापन हामीले नै गर्छौं । सेना र हामी मिलेर नै काम गरिरहेका छौं । सेनाको हेल्प डेस्क पनि छ । जलाउनेदेखि यहाँको व्यवस्थापन हामीले गर्छौं । उहाँहरूले ल्याएर चितासम्म राखिदिनुहुन्छ’, उनले भने, ‘जनशक्ति चाहियो भने उहाँहरू पनि सहयोग गर्नुहुन्छ । चिता बनाउनेदेखि जलाउने काम हाम्रो मानिसले गर्छन् । भ्याएनन् भने मात्रै सेनाले सहयोग गर्छन् । अहिले मसहित ३५ जना जनशक्ति खटिएका छौं शव जलाउनकै लागि ।’

उनले आर्यघाटमा शव जलाउँदा संक्रमण नफैलने बताए । अरू शव जलाउँदा वातावरणमा जति असर पर्छ कोरोना सक्रमितको जलाउँदा पनि उही असर पर्ने उनको भनाइ छ । ‘जसरी पनि सुरक्षाका सामग्री अपनाएर काम गर्नुपर्‍यो’, उनले भने ।

चिकित्साशास्त्र अध्ययन संस्थान त्रिविका पूर्वडिन जगदीश अग्रवालका अनुसार कोरोना सक्रमितको मृत शरीरबाट पनि संक्रमण हुनसक्छ । ‘मृत शरीरबाट निस्किएका बढी फ्लु, र्‍याल, सिगान, थुकका छिटालगायत लुगा कपडाबाट पनि कोरोना अर्को व्यक्तिलाई सर्न सक्छ’, अग्रवालले भने । उक्त समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार  ७ : ३६ बजे

मुस्ताङ र आसपासका क्षेत्रमा तीन दिन पदयात्रा नगर्न प्रशासनको आग्रह

मुस्ताङ । मौसम प्रतिकूल हुने सम्भावना रहेकाले यही कात्तिक १२

चक्रवातको प्रभावले लुम्बिनी प्रदेशका सात जिल्ला प्रभावित हुने सम्भावना, सतर्कता अपनाउन आग्रह

दाङ । बंगालको खाडीमा विकसित ‘अर्नाव’ चक्रवातको प्रभावले लुम्बिनी प्रदेशका

भोजपुरमा धान थन्क्याउन कामदार अभाव, युवा पलायनले किसान मर्कामा

भोजपुर । गाउँघरबाट युवा जनशक्ति वैदेशिक रोजगारी र सहरतर्फ पलायन

बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल

बाँके । वर्षायाममा बन्द गरिएको जङ्गल सफारी पुनः सञ्चालनमा आएसँगै

वीरगञ्ज भन्सारले असोजमा उठायो २६ अर्ब ७२ करोड राजस्व

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले असोज महिनामा २६ अर्ब ७२