७ बैशाख २०८१, शुक्रबार | April 20, 2024

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले गरे मन्त्रिपरिषद हेरफेर



सुर्खेत । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मौजुदा मन्त्रिपरिषदमा फेरबदल गरेका छन् । वर्तमान मन्त्रिपरिषदमा रहेका दुई जनालाई बिदाई गर्दै तीन नयाँ अनुहारलाई नयाँ मन्त्री नियुक्त गर्ने तयारी छ ।

मन्त्रीमा नियुक्त हुनेहरूमा रुकुमपश्चिमबाट निर्वाचित गोपाल शर्मा, सुर्खेत पश्चिमबाट निर्वाचित विन्दमान विष्ट र प्रमुख सचेतक समेत रहेकी सीता नेपाली रहेका छन् ।

त्यस्तै वर्तमान मन्त्रिपरिषदमा रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी र सामाजिक विकास मन्त्री विमला केसीलाई मन्त्रिपरिषदबाट बिदाई गरेका छन् ।

यसअघि आर्थिक मामिला मन्त्रीमा नेकपा एमालेका प्रकाश ज्वाला थिए । मुख्यमन्त्री शाहीले बैशाख ३ गते प्रदेश सभामा मागेको विश्वासको मतमा एमालेका ४ सांसदले ह्वीप उल्लंघन गरेर शाहीलाई जिताएका थिए।

पार्टी ह्वीप उल्लंघन गरेको भन्दै एमालेले ज्वालासहित ४ सांसदलाई कारबाही गरेको छ। त्यसयता सो मन्त्रालय रिक्त थियो।

बुधबार बसेको मन्त्रिपरिषद बैठकले भौतिक पूर्वाधार मन्त्रालय फुटाएर अलग्गै जलस्रोत तथा ऊर्जा मन्त्रालय बनाउने निर्णय गरेको छ । त्यस्तै सामाजिक विकास मन्त्रालयमा रहेको युवा तथा खेलकुदलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय अन्तर्गत राख्ने निर्णय गरेको प्रवक्ता विमला केसीले जानकारी दिएकी छन् ।

 

प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार  २ : ५१ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल