३२ असार २०८३, बिहिबार | July 17, 2026

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले गरे मन्त्रिपरिषद हेरफेर



सुर्खेत । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मौजुदा मन्त्रिपरिषदमा फेरबदल गरेका छन् । वर्तमान मन्त्रिपरिषदमा रहेका दुई जनालाई बिदाई गर्दै तीन नयाँ अनुहारलाई नयाँ मन्त्री नियुक्त गर्ने तयारी छ ।

मन्त्रीमा नियुक्त हुनेहरूमा रुकुमपश्चिमबाट निर्वाचित गोपाल शर्मा, सुर्खेत पश्चिमबाट निर्वाचित विन्दमान विष्ट र प्रमुख सचेतक समेत रहेकी सीता नेपाली रहेका छन् ।

त्यस्तै वर्तमान मन्त्रिपरिषदमा रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी र सामाजिक विकास मन्त्री विमला केसीलाई मन्त्रिपरिषदबाट बिदाई गरेका छन् ।

यसअघि आर्थिक मामिला मन्त्रीमा नेकपा एमालेका प्रकाश ज्वाला थिए । मुख्यमन्त्री शाहीले बैशाख ३ गते प्रदेश सभामा मागेको विश्वासको मतमा एमालेका ४ सांसदले ह्वीप उल्लंघन गरेर शाहीलाई जिताएका थिए।

पार्टी ह्वीप उल्लंघन गरेको भन्दै एमालेले ज्वालासहित ४ सांसदलाई कारबाही गरेको छ। त्यसयता सो मन्त्रालय रिक्त थियो।

बुधबार बसेको मन्त्रिपरिषद बैठकले भौतिक पूर्वाधार मन्त्रालय फुटाएर अलग्गै जलस्रोत तथा ऊर्जा मन्त्रालय बनाउने निर्णय गरेको छ । त्यस्तै सामाजिक विकास मन्त्रालयमा रहेको युवा तथा खेलकुदलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय अन्तर्गत राख्ने निर्णय गरेको प्रवक्ता विमला केसीले जानकारी दिएकी छन् ।

 

प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार  २ : ५१ बजे

सिन्धुपाल्चोकमा १३६ मिलीमिटर वर्षा यस्तो छ अन्यत्रको विवरण

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज पनि

उच्च अदालतका ५० र जिल्लाका १५७ न्यायाधीश सरूवा (सूचीसहित)

काठमाडौँ । न्यायपरिषद्को आज बसेको बैठकले उच्च अदालतका ५० र

रोटरी क्लब अफ बुटवल डाउनटाउनको पदस्थापना

बुटवल बुधबार एक कार्यक्रमका बिच कार्यक्रमको उद्घाटन गर्दै रोटरी ईन्टरनेशनल

कर्णालीका मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको

तेस्रो अन्तरराष्ट्रिय आदिवासी मातृभाषा पत्रकारिता सम्मेलन हुँदै

काठमाडौँ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को आयोजना