२९ भदौ २०८३, सोमबार | September 15, 2026

शिवम् सिमेन्टको नाफा २६ प्रतिशतले बढ्यो,कमायो १ अर्ब भन्दा बढी नाफा



काठमाडौ । शिवम् सिमेन्टको नाफा २६ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको तेस्रो वित्तीय विवरण सार्वजानिक गर्दै शिवम्ले २६ प्रतिशतले नाफा बढेको
वित्तीय विवरण सार्वजनिक गरेको हो । नाफा सँगै कम्पनीको प्रति शेयर आम्दानी पनि बढेको छ ।

गत आर्थिक वर्षको तेस्रो त्रैमासमा ८६ करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले चालु आर्थिक वर्षको सोहि अवधिमा १ अर्ब ९ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको सिमेन्ट बिक्रीमार्फत हुने आम्दानीको साथै अन्य आम्दानी समेत बढेकोले नाफ बढेको हो ।

यस अवधिमा कम्पनीको मुख्य व्यवसायबाट हुने आम्दानी ३.८३ प्रतिशतले बढेर ७अर्ब ३५ करोड रुपैयाँ पुगेको छ। त्यस्तै कम्पनीको अन्य आम्दानी पनि २४५ प्रतिशतले बढेर ३ करोड ८९ लाख रुपैयाँ पुगेको छ। जुन गत वर्ष १ करोड १२ लाख रुपैयाँ थियो।

हाल ४ अर्ब ४० करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी २६ रुपैयाँ ११ पैसाबाट बढेर ३३ रुपैयाँ ०३ पैसा पुगेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ २१५ रुपैयाँ ३८ पैसा र मूल्य आम्दानी अनुपात ४३।८१ गुणा रहेको छ।

 

प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार  ६ : २८ बजे

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल

वीरगञ्ज। विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

कांग्रेस इतर पक्षले गरे संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन कार्यकर्ताहरुलाई अपिल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ