३१ भदौ २०८३, बुधबार | September 16, 2026

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले दोस्रो पटक लिए पद तथा गोपनीयताको सपथ



पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले दोस्रो पटक पद तथा गोपनीयताको सपथ खाएका छन् ।

प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ को ३ बमोजिम नियुक्त गरी बुधबार साँझ आफ्नै निवासमा उनलाई सपथ खुवाएकी हुन् ।

अहिले निवास वरपर कडा सुरक्षा व्यवस्था गरिएको छ । मुख्यमन्त्री अहिले कोभिड संक्रमित भएका कारण सपथग्रहणमा निकै कम मात्रलाई बस्न दिइएको छ । पत्रकार सबै गेटबाहिर उभिएका छन् ।

गण्डकी प्रदेशमा सरकार गठनका लागि कांग्रेससहितको गठबन्धनले गरेको दाबीका बाबजुद ठूलो दलको हैसियतले पृथ्वीसुब्बा गुरुङले अवसर पाएका हुन् ।

गुरुङले यही वैशाख २६ गते पदबाट राजीनामा दिएका थिए । संविधानको धारा १६८ को उपधारा ३ अनुसार संसदमा ठूलो दलको हैसियतले सरकार बनाउन लागेका गुरुङले एकमहिनाभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्छ ।

 

प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार  ६ : ३७ बजे

सर्वोच्च अदालतको मुद्दा फाँटमा आगलागी, महत्वपूर्ण कागजात जलेर नष्ट

काठमाडौं । सर्वोच्च अदालतको मुद्दा फाँटमा बुधबार बिहान आगलागी भएको

प्रसूति बिदा छ महिना दिने प्रस्तावसहितको विधेयक

काठमाडौं । सरकारले आमालाई कम्तीमा छ महिना तलबसहितको प्रसूति बिदा

क्यासिनोमा नेपालीलाई जुवा खेलाएको आरोपमा ११ जना पक्राउ

काठमाडौं । क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलाउने कार्यमा

अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

काठमाडौं । नेपाल प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्सबाट अष्ट्रेलिया

सामाजिक सञ्जालले फेरिएको व्यापार शैली

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका-७ धारापानीका कमला बानियाँ थापाले जलजला