१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

नेपालमा कोरोना नियन्त्रणमा अन्तर्राष्ट्रिय क्षेत्र सक्रिय



काठमाडौं । अन्तर्राष्ट्रिय क्षेत्रले नेपालमा कोभिड नियन्त्रणका लागि पहल अघि बढाएका छन् । नेपालमा कोभिड-१९ दोस्रो लहर फैलिएसँगै दैनिक संक्रमित र मृत्यु हुने दर बढ्दै गएपछि अन्तर्राष्ट्रिय क्षेत्रले सक्रियता बढाउन थालेको छ ।

केही दिनअघि मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायती पत्रिका ‘द गार्जियन’ अनलाइन संस्करणमा विश्वका ठूला देशसँग सहयोगका लागि आह्वान गरेपछि अन्तर्राष्ट्रिय निकायले सहयोग पहल थालेका हुन् ।

हाल, नेपालमा दैनिक ९ हजारको संख्यामा कोरोना संक्रमित बढिरहेका छन् भने सयभन्दा बढीको ज्यान गइरहेको छ । अक्सिजन अभावका कारण संक्रमितले ज्यान गुमाइरहेको स्थिति छ । स्वास्थ्य संकट गहिरिदै गइरहेकै बेला अन्तर्राष्ट्रिय नियोगले सहयोगका लागि अपिल गरिरहेका छन् । संयुक्त राष्ट्रसंघ नेपालस्थित आवसीय संयोजक सारा बेयसोलो नयन्तीले कोभिड-१९ विरुद्धको खोप उपलब्ध गराउन निर्माता मुलुकसँग अपिल गरेकी छन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत नेपालले २० प्रतिशत नागरिकलाई भ्याक्सिन पु-याउन नसकेको र अहिलेको अवस्थामा नेपाललाई उच्च प्राथमिकतामा राख्नुपर्नेमा उनले जोड दिएकी छन् ।

त्यस्तै, अमेरिकाले नेपाललाई कोभिड-१९ विरुद्ध लड्न करिब ४ करोड अमेरिकी डलर सहायता प्रदान गर्ने प्रतिबद्धता जनाएको छ । नेपालस्थित अमेरिकी दूतावासको ट्वीटरमा उल्लेख भएअनुसार अमेरिकी रक्षा मन्त्रालयले कोभिड-१९ विरुद्ध लड्नका लागि अक्सिजन थेरापी, पीपीई, मेडिकल सामग्री प्रदान गरेको जानकारी दिएको छ ।

त्यस्तै, कोभिड-१९ विरुद्ध जुध्न चीनले नेपाललाई ३ हजार ५ सय सिलिन्डर अक्सिजन सहयोग गर्ने प्रतिबद्धताअनुसार मंगलबार मात्रै पहिलो खेपमा चार सय थान अक्सिजन सिलिन्डर र १० भेन्टिलेटर आइपुगेको छ । कोभिड-१९ दोस्रो लहर फैलिएसँगै अक्सिजन र भेन्टिलेटर अभावका कारण दैनिक मृत्युदर बढिरहेकै बेला चीनले सहयोग गरेको हो ।

स्विटजरल्यान्ड विदेश मामिला संघीय विभागको एसिया प्रशान्त विभाग प्रमुख राफेल नागेली टोलीले एक साताभित्र नेपालमा कोभिडविजधानी दैरुद्ध लड्न मेडिकल सामग्री पठाउने प्रतिबद्धता जनाएको छ ।

स्वीटजरल्यान्डका लागि नेपाली राजदूत मणि भट्टराईले सामाजिक सञ्जालमार्फत यस्तो जानकारी दिएका हुन् । विश्व स्वास्थ्य संगठनका पूर्वनिर्देशक एन्थोनी कोस्टेलोले पनि कोभिड-१९ दोस्रो लहरबाट आक्रान्त नेपाललाई सहयोगका लागि अपिल गरेकी छन् । बेलायत वैदेशिक मामिला अधिकारीलाई मेन्सन गर्दै उनले आवश्यक अक्सिजन, भ्याक्सिन उपलब्ध गराउन आग्रह गरेकी हुन् । उक्त समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहिबार  ६ : ४४ बजे

डढेलोले खोटाङमा तेह्र घर खरानी

खोटाङ । सामुदायिक वनमा लागेको डढेलो गाउँसम्म फैलदा बराहपोखरी गाउँपालिका–१

बुटवलका मासु व्यवसायी बधशालाको मासु बेच्न अनिच्छुक

बुटवल । मानव बस्तीको चहलपहल भइरहनेस्थलमै पशुपन्छी बध गरेर प्रदुषित

नेपाल-चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न

काठमाडौं । नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका

सरकारको स्थायित्वबारे चलाइएका हल्ला निराधार : बिष्णु पौडेल

काठमाडौं । प्रमुख सत्ता घटक एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री बिष्णु

कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिदै

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत