६ बैशाख २०८१, बिहिबार | April 18, 2024

कोरोना संक्रमितको उपचार गर्दागर्दै आफै संक्रमित बन्न थाले लुम्बिनी प्रादेशिक अस्पतालका स्वास्थ्यकर्मी



बुटवल। हरेक दिन सयौं कोरोना संक्रमितको सेवामा खटिने स्वास्थ्कर्मीहरु स्वयं संक्रमित हुन थालेपछि लुम्बिनी प्रादेशिक अस्पतालको सेवामा सामान्य असर देखिन थालेको छ । संक्रमितको उपचार गर्दा गर्दै आफै संक्रमित बनेपछि कतिपय स्वास्थ्यकर्मी घरमा नगएर अस्पतालकै क्वाटरलाई आइसोलेसन बनाएर बसेका छन् भने कतिपय अस्पतालमै भर्ना भएर उपचार गराईरहेका छन् ।

लुम्बिनी प्रादेशिक अस्पतालमा मात्र ६४ जना स्वास्थ्यकर्मी कोरोना संक्रमित बनेका छन् । अस्पतालमा कार्यरत मेडिकल अफिसर देखि ठूलो संख्यामा नर्सिङ स्टाफहरु संक्रमित भएपछि अस्पतालको सेवामा सामान्य असर देखिएको अस्पतालले जनाएको छ । रातदिन संक्रमितकै उपचारका खटिने क्रममा उनीहरुलाई संक्रमितहरुबाटै संक्रमण सरेको हो । अस्पतालमा काम गर्ने क्रममा संक्रमण पुष्टि भएपछि घर परिवारमा सर्न नपावस् भन्दै घर जान नचाहेका स्वस्थ्यकर्मीलाई समस्या देखिएको अस्पतालले जनाएको छ । कोरोनाको पहिलो लहरमा स्वास्थ्य मन्त्रालयको आश्वासनमा होटलमा आइसोलेशन बनाएर बसेका संक्रमित स्वास्थ्कर्मीहरुको शोधभर्ना मन्त्रालयले नगरिदिएपछि यसपटक स्वास्थ्यकर्मीहरुले पेयवल आइसोलेशन बनाउन नसकेको अस्पताल प्रशासनले बताएको छ ।

लुम्बिनी प्रादेशिक अस्पतालमा कार्यरत ६४ बढी स्वास्थ्कर्मीलाई अहिलेसम्ममा कोरोना संक्रमिण पुष्टि भईसकेको छ । अस्पतालका सुचना अधिकारी डा.बिष्णु गौतमले दिएको जानकारी अनुसार ५ जना मेडिकल अफिसर, ८ जना पारामेडिक, २३ जना नर्सिङ स्टाफ, १५ जना सपोर्टिङ स्टाफ, एनेस्टेसिया २ जना, गाईनोक्लोजिष्ट २ जना, प्रशासन तर्फबाट १ जना र फर्मासिस्ट तर्फका ८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । लक्षण सहितका १७ जनाको अस्पतालमै उपचार चलिरहेको छ भने लक्षण नदेखिएका संक्रमितहरु निवासमै आइसोलेट भएका छन् ।

अस्पतालले कोरोनासंग सरोकार नरहेका बाहेक सबै कन्सल्टेण्ट, मेडिकल अफिसर र कोरोना करारका चिकित्सकहरुलाई कोरोना संक्रमणको उपचारमा परिचालन गरेको प्रवक्ता डा. गौतमले जानकारी दिए । एकै पटक ६४ बढी स्वास्थ्यकर्मीहरु संक्रमित हुन पुग्दा सेवामामा सामान्य असर पुग्नु स्वाभाविक भएको उनले बताए ।

अस्पतालमा कुल ६०० कर्मचारी कार्यरत छन् । डा. गौतमका अनुसार अस्पतालमा मेडिकल अफिसर लेबलका १८ जना, विकास समितिबाट १५ जना, कोरोना करारमा नियुक्त भएका ८ जना तथा कन्सल्टेण्ट चिकित्सकहरु करिव ३५ जना कार्यरत छन् । कोरोना संक्रमणको उपचारका लागि मात्र १०० बढी स्टाफ नर्सहरु करारमा भर्ना गरिएको छ ।

जनशक्तिमा कमी नहोस् भनेर वार्डहरु मर्ज गरेर कोरोना संक्रमतिको उपचारको ब्यवस्था मिलाईएका कारण अहिले सम्म समस्या नदेखिएको डा. गौतमले बताए ।

जनशक्तिको अभाव हुन नदिन अन्य वार्डहरुबाट दक्ष जनशक्ति सिफ्ट गरेर भएपनि उपचारमा कमी आउन नदिने गरि तयारी भईरहेको लुम्बिनी प्रादेशिक अस्पतालका कोरोना फोकलपर्शन डा. नन्दु पाठकले बताए । ‘आवश्यकता अनुसार मिलाउन सकिएसम्म अन्य वार्डबाट सिफ्ट गरेर पनि ब्यवस्था मिलाउँदै छौं ।’ उनले भने ।

लुम्बिनी प्रादेशिक अस्पतालले संचालन गरेको कोरोना विशेष अस्पताल सहित इमर्जेन्सी र फिभर क्लिनीकमा गरि ३५८ जना कोरोना संक्रमितको प्रादेशिक अस्पतालमा उपचार चलिरहेको छ ।

 

 

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहिबार  १० : ४० बजे

पर्यटनमा नयाँ गन्तव्यः पर्वतीय उडानबाट कैलाश मानसरोवर दर्शन

काठमाडौं । दिनको पहिलो प्रहर सुरु भइसकेको थिएन । नेपालगञ्जको

कोशी प्रदेशसभामा पेश भयो संकल्प प्रस्ताव

विराटनगर । कोशी प्रदेशमा संकल्प प्रस्ताव भएको छ । नेकपा

तातोपानी भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

सिन्धुपाल्चोक । चालु आर्थिक वर्षको नौ महिनामा तातोपानी भन्सार कार्यालयले

डा. अन्जान शाक्य राष्ट्रियसभा सदस्यमा मनोनीत

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले डा. अन्जान शाक्यलाई राष्ट्रियसभा सदस्यमा

अष्ट्रेलियाको बेरोजगारी दर ३.८ प्रतिशतले वृद्धि

क्यानबेरा । पछिल्लो समयमा दिनानुदिन बढ्दै गएको अष्ट्रेलियाको बेरोजगारी दर