१८ चैत्र २०८२, बुधबार | April 1, 2026

कांग्रेस सभापति देउवा र जसपा वरिष्ठ नेता महतोबीच भेट



काठमाडौं । नयाँ सरकार निर्माणका लागि पहल गरिरहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग जनता समाजवादी पार्टी जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले भेटवार्ता गरेका छन् ।

बिहान सवा ११ बजेतिर देउवा निवास बूढानिलकण्ठ पुगेका महतोले सभापति देउवासँग एक्लै भेटेका छन् । यसअघि महतो जसपाका अध्यक्ष महन्ठ ठाकुरसँग हिँड्ने गर्थे । जसपाको ठाकुर महतो पक्षले नयाँ सरकार गठनमा कुनै सहभागिता नरहने बताउँदै आएको छ ।

महतोले सरकार गठनका लागि प्रयास गरिरहेका अर्का अध्यक्ष उपेन्द्र यादवलाई पार्टीबाट कारवाही गर्ने चेतावनी दिँदै आएका थिए । तर, बहुमतीय सरकार गठनको समयसीमा साँघुरिँदै गएको बेला महतोले देउवासँग गरेको छलफललाई अर्थपूर्ण मानिएको छ ।

राष्ट्रपतिले दलहरूलाई सरकार गठनका लागि दिएको समयसीमा आज राति ९ बजेबाट सकिँदैछ।

सरकार गठनबारे जसपाका शिर्ष नेताहरुबीच बुधबार पार्टी कार्यालय बालकुमारीमा छलफल भएको थियो । तर, दुवै पक्ष आआफ्नो अडानमा रहेका कारण फेरि आज बैठक बस्नेगरी स्थगित भएको थियो ।

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहिबार  १२ : १० बजे

इरान विरुद्ध अमेरिका-इजरायल युद्ध : अवसर खोज्ने चिनियाँ चुपचाप रणनीति

“जब तपाईंको शत्रुले गल्ती गरिरहेको हुन्छ, उसलाई कहिल्यै अवरोध नगर।”

लायन्स क्लब अफ बुटवल तिलोत्तमा र तिलोत्तमा मायादेवीमा नयाँ नेतृत्व चयन

बुटवल । लायन्स क्लब अफ बुटवल तिलोत्तमा र लायन्स क्लब

प्रहरी कार्यालयमा विचौलिया निषेध गर्न आइजिपी कार्कीको कडा निर्देशन

बुटवल । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सेवाग्राहीलाई समस्या पार्ने गरी

ओलीले हिरासतबाटै बादललाई तोके एमालेको कार्यवाहक अध्यक्ष

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी उपाध्यक्ष रामबहादुर

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको नेतृत्वमा पंकज राईको उम्मेदवारी घोषणा

बुटवल । पश्चिमाञ्चल यातायात व्यवसायी समिति (ट्रक) को नेतृत्वका लागि