५ पुस २०८२, शनिबार | December 20, 2025

आफु पक्षीय सांसद जोगाउन महन्थ ठाकुरको प्रयास, १३ जनालाई पु-याए भक्तपुरको रिसोर्टमा



काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकार विस्थापन गर्ने या नगर्ने विषयमा जनता समाजवादी पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको छ ।

ओलीलाई समर्थन गरिरहन चाहेका जसपाका एक अध्यक्ष महन्ठ ठाकुरले आफु पक्षीय सांसदहरुलाई अर्का अध्यक्ष उपेन्द्र यादव पक्षमा लाग्न नदिन भक्तपुरको रिसोर्टमा पुर्याएका छन् । सांसदहरुलाई रिसोर्टमा पुर्यायउन अध्यक्ष ठाकुर नेता राजेन्द्र महतो आफैले नेतृत्व गरेका छन् ।

ठाकुरले बबरमहलस्थित पूर्व राजपाको कार्यालयमा भेला पारेर १३ जना सांसदहरुलाई भक्तपुर पुर्याएका हुन् । ठाकुर पक्षसँग १७ जना सांसद रहेको दाबी गरिएको छ । उनीनिकट बाँकी सांसदलाई पनि बोलाइएको छ ।

जसपामा अर्का अध्यक्ष उपेन्द्र यादव पक्षले ओली सरकारलाई विस्थापित गरी कांग्रेस नेतृत्वको नयाँ सरकार बनाउन समर्थन गर्ने जनाइसकेको छ ।

पार्टीको केन्द्रीय कार्यकारिणी समितिमा अल्पमतमा रहेका ठाकुर र नेता राजेन्द्र महतोले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर आफु नै प्रथम अध्यक्ष भएका कारण यादवको प्रस्ताव अस्वीकार गर्न आग्रह गरेका छन् । तर यादव पक्षले भने पार्टीमा कुनै प्रथम र द्वितीय अध्यक्ष नभएको भन्दै विधान बमोजिम बहुमतको निर्णयलाई सबैले मान्नुपर्ने अडान राख्दै आएको छ ।

यादव पक्षले बहुमत केन्द्रीय सदस्य र बहुमत सांसदहरुको समर्थनमा नयाँ सरकारको लागि अगाडि बढ्ने योजना बनाइसकेको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहिबार  ३ : ०२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको