१८ चैत्र २०८२, बुधबार | April 1, 2026

आफु पक्षीय सांसद जोगाउन महन्थ ठाकुरको प्रयास, १३ जनालाई पु-याए भक्तपुरको रिसोर्टमा



काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकार विस्थापन गर्ने या नगर्ने विषयमा जनता समाजवादी पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको छ ।

ओलीलाई समर्थन गरिरहन चाहेका जसपाका एक अध्यक्ष महन्ठ ठाकुरले आफु पक्षीय सांसदहरुलाई अर्का अध्यक्ष उपेन्द्र यादव पक्षमा लाग्न नदिन भक्तपुरको रिसोर्टमा पुर्याएका छन् । सांसदहरुलाई रिसोर्टमा पुर्यायउन अध्यक्ष ठाकुर नेता राजेन्द्र महतो आफैले नेतृत्व गरेका छन् ।

ठाकुरले बबरमहलस्थित पूर्व राजपाको कार्यालयमा भेला पारेर १३ जना सांसदहरुलाई भक्तपुर पुर्याएका हुन् । ठाकुर पक्षसँग १७ जना सांसद रहेको दाबी गरिएको छ । उनीनिकट बाँकी सांसदलाई पनि बोलाइएको छ ।

जसपामा अर्का अध्यक्ष उपेन्द्र यादव पक्षले ओली सरकारलाई विस्थापित गरी कांग्रेस नेतृत्वको नयाँ सरकार बनाउन समर्थन गर्ने जनाइसकेको छ ।

पार्टीको केन्द्रीय कार्यकारिणी समितिमा अल्पमतमा रहेका ठाकुर र नेता राजेन्द्र महतोले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर आफु नै प्रथम अध्यक्ष भएका कारण यादवको प्रस्ताव अस्वीकार गर्न आग्रह गरेका छन् । तर यादव पक्षले भने पार्टीमा कुनै प्रथम र द्वितीय अध्यक्ष नभएको भन्दै विधान बमोजिम बहुमतको निर्णयलाई सबैले मान्नुपर्ने अडान राख्दै आएको छ ।

यादव पक्षले बहुमत केन्द्रीय सदस्य र बहुमत सांसदहरुको समर्थनमा नयाँ सरकारको लागि अगाडि बढ्ने योजना बनाइसकेको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहिबार  ३ : ०२ बजे

इरान विरुद्ध अमेरिका-इजरायल युद्ध : अवसर खोज्ने चिनियाँ चुपचाप रणनीति

“जब तपाईंको शत्रुले गल्ती गरिरहेको हुन्छ, उसलाई कहिल्यै अवरोध नगर।”

लायन्स क्लब अफ बुटवल तिलोत्तमा र तिलोत्तमा मायादेवीमा नयाँ नेतृत्व चयन

बुटवल । लायन्स क्लब अफ बुटवल तिलोत्तमा र लायन्स क्लब

प्रहरी कार्यालयमा विचौलिया निषेध गर्न आइजिपी कार्कीको कडा निर्देशन

बुटवल । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सेवाग्राहीलाई समस्या पार्ने गरी

ओलीले हिरासतबाटै बादललाई तोके एमालेको कार्यवाहक अध्यक्ष

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी उपाध्यक्ष रामबहादुर

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको नेतृत्वमा पंकज राईको उम्मेदवारी घोषणा

बुटवल । पश्चिमाञ्चल यातायात व्यवसायी समिति (ट्रक) को नेतृत्वका लागि