१५ चैत्र २०८२, आइतबार | March 29, 2026

बहुमत सहित सरकार गठन गर्न कसैले दावी प्रस्तुत नगरेको राष्ट्रपति कार्यालयबाट जानकारी



काठमाडौं । राष्ट्रपति बिद्यादेबी भण्डारीले बहुमत सहित सरकार गठन गर्न ३ दिन अघि गरेको समयसीमा भित्र कसैले दाबी गर्न नआएको राष्ट्रिपति कार्यालयले जनाएको छ । बिहीबार साँझ नौ बजेको समय सीमाभित्र कुनै पनि दलले बहुमतको सरकारको लागि दाबी पेश नगरेको राष्ट्रपति कार्यालयले सुचना मार्फत जानकारी दिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाका सदस्यलाई बिहीबार साँझ ९ बजेभित्र नेपालको प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि आफ्नो दाबी पेश गर्न आह्वान गरेकी थिइन् ।

तर, विपक्षी गठबन्धनले बहुमत जुटाउन नसकेपछि समयावधिभित्र दाबी पेस गर्न सकेन । तीन दिनको यो अवधिमा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र जसपाका उपेन्द्र यादव र डा. बाबुराम भट्टराईले घनिभुत प्रयास गर्दा पनि बहुमत प्रमाणित गर्न सकेनन् । आज साँझ सम्मपनि बहुमत पुग्ने अवस्था नभएपछि अन्ततः उनीहरु प्रधानमन्त्रीको दाबी गर्न नजाने निष्कर्षमा पुगेका थिए । अब ७६ (३) बमोजिम केपी ओलीले नै सबैभन्दा ठूलो हैसियतले सरकार गठन गर्ने ढोका खुलेको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहिबार  ९ : ४७ बजे

एक दर्जन हाराहारी सार्वजनिक निकाय खारेज र केही पुनःसंरचना सिफारिस

काठमाडौँ । सरकारले सार्वजनिक गरेको ‘सुशासन मार्गचित्र, २०८२’ ले प्रशासन

काँग्रेस नेता दीपक खड्कालाई ७ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले पूर्वमन्त्री तथा नेपाली काँग्रेसका नेता

बुटवलमा भोलीबाट आठौं राष्ट्रिय लन टेनिस प्रतियोगिता : देशभरबाट खेलाडी आऊन सुरु

बुटवल । रुपन्देही लन टेनिस संघको आयोजनामा आईतवार (चैत्र १६)

रुपन्देहीमा एक करोडको अवैध सामान बरामद

बुटवल । रुपन्देही प्रहरीले जिल्लाका विभिन्न स्थानबाट जाँच गर्ने क्रममा