५ पुस २०८२, शनिबार | December 20, 2025

सांसदहरुलाई कोरोना विरुद्धको खोप ‘कोभिसिल्ड’को दोस्रो डोज लगाउन सुरु



काठमाडौं । संघीय संसदका सांसदहरुलाई कोरोना भाइरस विरुद्धको भारतीय खोप कोभिसिल्डको दोस्रो डोज लगाउन सुरु गरिएको छ ।

संघीय संसद भवन नयाँ वानेश्वरको लोत्से हलमा सभामुख अग्निप्रसाद सापकोटाले दोस्रो डोज खोप लगाएका छन् । अन्य सांसदहरुले पनि खोप लगाइरहेका छन् ।

खोप आज भोलि र पर्सिसम्म लगाउने व्यवस्था मिलाइएको छ । शुक्रबारका लागि प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्ष लगायत दुवै सदनका सांसदहरु, पदाधिकारीहरुका निजी सजिवालयका सबै कर्मचारीका लागि खोप लगाउने व्यवस्था मिलाईएको छ ।

लोत्सेहलमा भएको खोप कार्यक्रममा सांसदहरु, पदाधिकारीहरुका निजी सचिवालयका कर्मचारी, सुरक्षाकर्मी लगायतले कोभिडसिल्डको दोश्रो खोप लगाएका छन् । बिहान १० बजेदेखि ४ बजेसम्म खोप लगाईने सचिवालयले जनाएको छ ।

त्यसैगरी भोलि सनिबार संघीय संसद सचिवालयका सम्पुर्ण कर्मचारीहरु, अन्तराष्ट्रिय सम्मेलन केन्द्र र नयाँवानेश्वरमा कार्यरत सम्पुर्ण कर्मचारीहरुलाई र आईतबार स्वकीय सचिव लगायतका सबै कर्मचारीहरु, मर्यादापालक, सुरक्षासँग सम्बन्धित सबै कर्मचारी, संसदीय मामिलाका सबै पत्रकारहरुलाई खोपको दोश्रो डोज लगाउने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार  १२ : ३१ बजे

आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने

काठमाडौँ । हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी र

बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन–२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’

खोटाङ । नेपाल सरकारले बाँसबाट निर्माण हुने भौतिक संरचनाको डिजाइनसम्बन्धी

फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको छः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल

देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा