२९ भदौ २०८३, सोमबार | September 15, 2026

एन आई सी एशियाको मोबाइल बैंकिङ्ग एपमार्फत रेमिट्यान्स पठाउन सकिने



काठमाडौ । एन आई सी एशियाको मोबाइल बैंकिङ्ग एपमार्फत रेमिट्यान्स पठाउन सकिने भएको छ । बैंकले मोबाइल बैंकिङ्ग एपमार्फत आन्तरिक रेमिट्यान्स सहजै देशभर पठाउन सकिने सुविधा ल्याएको हो ।

यो सेवा अन्तर्गत अब जुनसुकै स्थानबाट र जुनसुकै समयमा पनि आफ्नो मोबाइल बैंकिङ्ग एपमार्फत  रेमिट रकम सहज रुपमा पठाउन सकिनेछ ।

ग्राहकहरूले आफ्नो मोबाइल प्रयोग गरी बैंकको NIC ASIA MoBank भित्र रहेको  Send Remit आइकनमा ट्याप गरेपश्चात् रेमिट्यान्स रकम, प्राप्त गर्नेको विवरण (नाम, मोबाइल नम्बर एवं ठेगाना) उल्लेख तथा रेमिट्यान्स पठाउनुको उद्देश्य छनौट गरी सुरक्षित रुपमा रेमिट्यान्स पठाउन सक्नेछन् ।

यस माध्यमबाट पठाएको रकम देशभर रहेका यस बैंकका सम्पूर्ण शाखा तथा विस्तारित काउण्टरहरूका साथै १० हजार भन्दा बढी रेमिट एजेन्टहरूबाट नगद रकम सहजै झिक्न सकिनेछ ।

कोरोना भाइरसको महामारीको समयमा डिजिटल कारोबार गर्नुपर्ने आजको आवश्यकतालाई बैंकले ल्याएको यस मोबाइल बैंकिङ्ग एपमार्फत रेमिट्यान्स पठाउन सकिने सुविधाले बैंक शाखासम्म पुगेर भौतिक फारम भरी रेमिट्यान्स पठाउनुपर्ने झन्झबाट मुक्ति मिल्नुका अलावा वहाँहरूको अमूल्य समयको बचत भई महामारीका बीच भौतिक दुरी कायम गर्न समेत सहयोग मिल्ने विश्वास बैंकले गरेको छ ।

 

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार  ८ : ४४ बजे

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल

वीरगञ्ज। विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

कांग्रेस इतर पक्षले गरे संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन कार्यकर्ताहरुलाई अपिल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ