५ पुस २०८२, शनिबार | December 20, 2025

सकियाे ओली-नेपाल बैठक, संगठनलाई २०७५ जेठ २ गतेको अवस्थामा लैजान ओली सहमत



काठमाडौं । एमालेमा चुलिएको बिबाद मिलाउने प्रयास स्वरुप प्रधानमन्त्री केपी ओली र बरिष्ठ नेता माधव कुमार नेपाल सहितको बैठक सकिएको छ । बैठकमा नेपाल पक्षले उठाउँदै आएको पार्टीको संगठनलाई २०७५ जेठ २ को अवस्थामा लैजाने बिषयमा ओली पक्ष सहमत भएको बताईएको छ ।

प्रधानमन्त्रीको कार्यालय सिंहदरवारमा शुक्रबार बेलुका बसेको बैठकमा एमालेका पार्टी संरचनाहरु २०७५ जेठ २ कै अवस्थाबाट ब्युँताउने र त्यसको प्राविधिक विषय पुरा गर्नका लागि कार्यदल बनाउने निर्णय भएको बैठकमा सहभागी एक नेताले बताए ।

कार्यदल निर्माण गर्ने जिम्मेवारी भने अध्यक्ष ओली र वरिष्ठ नेता नेपाललाई दिइएको छ।

भोली दुवै नेताहरु बसेर कार्यदलका सदस्यहरुको नाम टुंगो लगाउने निर्णय भएको बैठकमा सहभागी नेपाल पक्षका नेता घनश्याम भुसालले बताए ।

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार  १० : ०६ बजे

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता

चिनियाँ पर्यटक लक्षित जनशक्ति विकासका लागि सातौँ संस्करणको भाषा तालिम

काठमाडौं । नेपालमा चिनियाँ पर्यटक लक्षित जनशक्ति उत्पादनका लागि सञ्चालन

तोडिएका ठेक्काको तत्काल टेण्डर गरौं : मन्त्री घिसिङ

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने

काठमाडौँ । हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी र