५ पुस २०८२, शनिबार | December 20, 2025

जसपाको यादव–भट्टराई पक्षले बोलायो कार्यकारिणी समिति बैठक बस्दै



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले केन्द्रीय कार्यकारिणी समिति बैठक बोलाएको छ ।

जसपाको कार्यकारिणी समितिमा बहुमत रहेको दाबी गर्दै आएको बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षले आफु बैठक बोलाएको हो ।

भक्तपुरमा डोलेश्वर रिसोर्टमा पुगेर एमाले नेताको उपस्थितिमा महन्थ ठाकुर निकट सांसदहरुले संसदीय दलको नेतामा राजेन्द्र महतोलाई चयन गरेपछि पार्टीभित्रको विकसित पछिल्लो घटनाक्रमबारे छलफल गर्न बैठक बोलाएको हो । पार्टीका केही नेताहरुले विधान विपरित गतिविधि गरेकोबारे छलफल गर्ने एक नेताले बताए ।

बैठकबारे आफूहरूलाई जानकारी नभएको ठाकुर(महतो पक्षले जनाएको छ ।

एक जना संघीय परिषद् अध्यक्ष, दुई जना अध्यक्ष रहेको जसपा कार्यकारिणी समितिमा ५१ जना रहेका छन् । जसमध्ये बहुमत सदस्य रहेको यादव भट्टराई पक्षले दाबी गरेको छ ।

प्रकाशित मिति : १ जेष्ठ २०७८, शनिबार  १ : १५ बजे

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता

चिनियाँ पर्यटक लक्षित जनशक्ति विकासका लागि सातौँ संस्करणको भाषा तालिम

काठमाडौं । नेपालमा चिनियाँ पर्यटक लक्षित जनशक्ति उत्पादनका लागि सञ्चालन

तोडिएका ठेक्काको तत्काल टेण्डर गरौं : मन्त्री घिसिङ

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने

काठमाडौँ । हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी र