११ भदौ २०८३, बिहिबार | August 28, 2026

स्वास्थ्य मन्त्रालय भन्छ २५ लाख जनाले लगाए खोप, तर लाखौंले पाएका छैनन दोस्रो डोज



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समीर कुमार अधिकारीले नेपालमा २५ लाख डोज कोरोना भाइरसविरुद्धको खोप लगाईसकिएको बताएका छन् ।

सह–प्रवक्ता अधिकारीले नेपालमा करिब २५ लाख जनसंख्याले कोरोना भाइरसविरुद्धको खोप लगाइसकेको बताएका हुन् । खोप लगाउने क्रम जारी रहेको पनि उनको भनाई छ । नेपालमा हालसम्म ३२ लाख ४८ हजार मात्रा खोप आइसकेको पनि उनले जानकारी दिए ।

सह–प्रवक्ता अधिकारीले हालसम्म भारत सरकारले उपहारस्वरुप दिएको कोभिशिल्ड खोप १० लाख डोज, भारत सरकारसँग खरिद गरिएको कोभिशिल्ड खोप १० लाख डोज, कोभ्याक्स सुविधा अन्र्तगत ३ लाख ४८ हजार डोज प्राप्त भएको र नेपाली सेनालाई १ लाख डोज प्राप्त भएको गरी २४ लाख ४८ हजार डोज कोभिशिल्ड खोप प्राप्त भएको अधिकारीले बताए । त्यस्तै चीनबाट ८ लाख डोज भेरोसेल खोप प्राप्त भई जम्मा ३२ लाख ४८ डोज खोप प्राप्त भएको उनको भनाई छ । त्यसमध्ये २५ लाख डोज खोप लगाईसकिएको र बाँकी रहेको खोप लगाउने क्रम जारी रहेको डा. अधिकारीले बताए ।

७ लाखको हाराहारीमा खोप मौज्दात रहेको भएपनि भेरोसेल खोप लगाउन शुरु गरिएको उनको भनाई छ । भारतसँग २० लाख डोज खोप खरिद गरेको भएपनि १० लाख मात्रै आएको र १० लाख डोज आउन बाँकी रहेको उनले जानकारी दिए । यद्यपी भारतसँग छलफल भइरहेको र छिट्टै खोपहरु आउने उहाँको भनाई छ । स्पुतनिक भि खोप लगायतका अन्य खोपहरु ल्याउने सम्बन्धमा समन्वय तथा कुराकानीहरु भइरहेको पनि बताए ।

 

पीसीआर परीक्षण
हाल देशभर ९० वटा प्रयोगशालाबाट पीसीआर   परीक्षण भइरहेको सहप्रवक्ता अधिकारीले जानकारी दिए । अहिले एन्टीजेन परिक्षणमा पोजेटिभ देखिएका र कन्ट्याक्ट ट्रेसिमा परेकाहरुको पीसीआर परीक्षण भइरहेको छ । पीसीआरको दायरा बढाउन सरकारको तयारी रहेको पनि सह–प्रवक्ता अधिकारीले बताए । अहिले नीजि तथा सरकारी प्रयोगशालाहरुबाट परीक्षण भइरहेको छ । एन्टीजेन परिक्षण भने मुख्य गरि नेपाल भारत सिमामा भारतबाट नेपाल भित्रिने नेपालीहरुमा गरिएको छ ।

स्वास्थ्य सामाग्रीको अवस्था
यस्तै सह–प्रवक्ता अधिकारीले अस्पताल तथा प्रयोगशालाहरुलाई आवश्यक स्वास्थ्य सामाग्रीहरु तीन महिनालाई पुग्ने मौज्दात रहेको बताए । संक्रमणको दर बढ्दै जाँदा मौज्दातमा अशर पर्ने भएकोले आवश्यक स्वास्थ्य सामाग्रीहरु ल्याउनको लागि पनि स्वास्थ्य मन्त्रालयले विभिन्न निकायसँग छलफल गरिरहेको बताए । अहिले आवश्यक पर्ने परिक्षणका सामाग्री, उपचारका सामाग्री र अन्य आवश्यक सामाग्रीहरुको सहयोगका लागि बिभिन्न निकायमा, दाताहरुसँग पत्राचार गरिएको बताए ।

प्रकाशित मिति : १ जेष्ठ २०७८, शनिबार  ४ : १९ बजे

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा बाँकेका २७ जना सम्पर्कविहिन (नामावलीसहित)

नेपालगन्ज । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा रहेका बाँकेका २७ जना

नेपालगन्जमा पुरुष यु-१८ अलनेपाल इन्टर स्कुल फुटबल प्रतियोगिताको ट्रफी अनावरण

नेपालगन्ज । विद्यालय तहका युवा फुटबल प्रतिभालाई पहिचान तथा प्रोत्साहन

बाढी प्रभावितको उद्धार र राहतका लागि वाणिज्य बैङ्कद्वारा तीन करोड सहयोग

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा बुधबार गएको बाढीबाट प्रभावित नागरिकहरूको

विश्वका सबैभन्दा घातक हिमनदीजन्य ६ विपद्

बेइजिङ । नेपालको हिमाली सीमा क्षेत्र र त्यससँग जोडिएको तिब्बतमा

‘पार्वती’को पहिलो दिनको कमाइ भोटेकोशी बाढीपीडितलाई दिइने

काठमाडौं । नेपाली चलचित्र ‘पार्वती’ को निर्माण पक्षले चलचित्र देशैभरि