१८ फाल्गुन २०८२, सोमबार | March 3, 2026

नेपाल सुपर लिगको पहिलो च्याम्पियन बन्यो काठमाडौं रेजर्स



काठमाडौं । काठमाडौं रेजर्स नेपाल सुपर लिगको पहिलो च्याम्पियन बनेको छ ।

नेपालमै पहिलोपटक आयोजना भएको फ्रेन्चाइज फुटबल सुपर लिगमा शनिबार त्रिपुरेश्वरको दशरथ रंगशालामा धनगढी एफसीमाथि १-० को कठिन जित हात पार्दै काठमाडौं लिगको विजेता बनेको हो ।

काठमाडौंलाई जित दिलाउने क्रममा मेसुके ओलोमोउले निर्णायक गोल गरे । उनले पहिलो हाफको २१औं मिनेटमा विश्वास श्रेष्ठको पासमा गोल गरेका थिए । त्यही गोल नै खेलको निर्णायक बन्यो ।

योसँगै मेसुके खेलको सर्वाधिक गोलकर्ता बने। उनले प्रतियोगितामा एक ह्याट्रिकसहित ८ गोल गरेका छन्। काठमाडौंले धनगढीसँग लगातार दुई हराको पनि बदला लिन सफल भएको छ। यसअघि काठमाडौं धनगढीसँग लिग र प्लेअफमा पराजित भएको थियो।

जितसँगै काठमाडौं रेजर्सले ३५ लाख रुपैयाँ प्राप्त गर्‍यो भने धनगढीले १५ लाख रुपैयाँमा चित्त बुझायो । नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टले अखिल नेपाल फुटबल संघ एन्फाको प्राविधिक सहयोगमा आयोजना गरेको प्रतियोगितामा ७ टिमले सिंगल राउण्ड रोविनका आधारमा प्रतिस्पर्धा गरेका थिए ।

प्रकाशित मिति : १ जेष्ठ २०७८, शनिबार  ८ : ४९ बजे

होलीमा रमाए विदेशी पर्यटक

पोखरा । देशको पर्यटकीय राजधानीका रूपमा चिनिएको पोखरामा आज स्वदेशी

दुबईमा दिवसको मृत्यु भएपछि शोकमा डुब्यो बोर्लाङ ठाँटी

गोरखा । घरको आर्थिक अवस्था सुधार्न चार वर्षअघि संयुक्त अरब

खजुरारोडमा मोटरसाइकल दुर्घटना, १ जनाको मृत्यु

खजुरा । बाँकेको खजुरारोडमा आज भएको मोटरसाइकल दुर्घटनाबाट १ जनाको

निर्वाचनमा खटिएको टोली सवार गाडी दुर्घटना, दई जनाको मृत्यु

रामेछाप । यहाँको रामेछाप नगरपालिका–२ देउरालीस्थित सिरुबारीमा भएको दुर्घटनामा परि

दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्था सहज बनाइने

काठमाडौँ । सरकारले निर्वाचनलाई मध्यनजर गर्दै पेट्रोलियम पदार्थ र दैनिक