५ पुस २०८२, शनिबार | December 20, 2025

विभाजनको संघारमा जसपा : उपेन्द्र यादव र महन्थ ठाकुरबीच निर्णायक भेटवार्ता



काठमाडौं । पार्टी विभाजनको उत्कर्षम पुग्नै लागेका बेला जनता समाजवादी पार्टीका अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुरबीच भेटवार्ता भएको छ ।

पार्टी कार्यालय बालकुमारीमा दुई अध्यक्षबीच भेट भैरहेको हो । प्रधानमन्त्रीबाट केपी शर्मा ओलीलाई विस्थापन गर्ने या नगर्ने भन्ने विषयबाट उत्पन्न विवाद अब प्रधामन्त्रीकै कारण विभाजनको अवस्थासम्म पुग्न लागेको छ ।

गत वैशाख २७ गते प्रधानमन्त्रीले विश्वासको मत लिने बेलामा सांसदहरुलाई स्वविवेकको अधिकार छोडेका दुईसमुहबीच अहिले कसले कसलाई सिध्याउने भन्ने प्रयास जारी छ । ठाकुर पक्षले ओलीलाई नै प्रधानमन्त्रीमा टिकाउने उद्देश्यले तटस्थको नीति ल्याएपछि यादव पक्षले ओली विरुद्ध मतदान गर्ने निर्णय गरेको थियो ।

गत बिहीबार एमाले सांसद महेश बस्नेतको रेखदेखमा ठाकुर पक्षले आफ्ना सांसदहरुलाई भक्तपुर प्रयाएर संसदीय दलको नेतामा राजेन्द्र महतोालाई चयन गरेको प्रचार गरेपछि यादव पक्षले त्यसलाई अस्वीकार गर्दै केन्द्रीय कार्यकारिणीले कारवाही गर्नेसम्मको चेतावनी दिइरहेको छ ।

 

 

प्रकाशित मिति : २ जेष्ठ २०७८, आइतबार  ३ : ३२ बजे

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता

चिनियाँ पर्यटक लक्षित जनशक्ति विकासका लागि सातौँ संस्करणको भाषा तालिम

काठमाडौं । नेपालमा चिनियाँ पर्यटक लक्षित जनशक्ति उत्पादनका लागि सञ्चालन

तोडिएका ठेक्काको तत्काल टेण्डर गरौं : मन्त्री घिसिङ

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने

काठमाडौँ । हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी र