१८ चैत्र २०८२, बुधबार | April 2, 2026

विभाजनको संघारमा जसपा : उपेन्द्र यादव र महन्थ ठाकुरबीच निर्णायक भेटवार्ता



काठमाडौं । पार्टी विभाजनको उत्कर्षम पुग्नै लागेका बेला जनता समाजवादी पार्टीका अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुरबीच भेटवार्ता भएको छ ।

पार्टी कार्यालय बालकुमारीमा दुई अध्यक्षबीच भेट भैरहेको हो । प्रधानमन्त्रीबाट केपी शर्मा ओलीलाई विस्थापन गर्ने या नगर्ने भन्ने विषयबाट उत्पन्न विवाद अब प्रधामन्त्रीकै कारण विभाजनको अवस्थासम्म पुग्न लागेको छ ।

गत वैशाख २७ गते प्रधानमन्त्रीले विश्वासको मत लिने बेलामा सांसदहरुलाई स्वविवेकको अधिकार छोडेका दुईसमुहबीच अहिले कसले कसलाई सिध्याउने भन्ने प्रयास जारी छ । ठाकुर पक्षले ओलीलाई नै प्रधानमन्त्रीमा टिकाउने उद्देश्यले तटस्थको नीति ल्याएपछि यादव पक्षले ओली विरुद्ध मतदान गर्ने निर्णय गरेको थियो ।

गत बिहीबार एमाले सांसद महेश बस्नेतको रेखदेखमा ठाकुर पक्षले आफ्ना सांसदहरुलाई भक्तपुर प्रयाएर संसदीय दलको नेतामा राजेन्द्र महतोालाई चयन गरेको प्रचार गरेपछि यादव पक्षले त्यसलाई अस्वीकार गर्दै केन्द्रीय कार्यकारिणीले कारवाही गर्नेसम्मको चेतावनी दिइरहेको छ ।

 

 

प्रकाशित मिति : २ जेष्ठ २०७८, आइतबार  ३ : ३२ बजे

मालपोत र नापीमा अनधिकृत व्यक्ति प्रवेश निषेध

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमिसँग

काठमाडौँबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ

काठमाडौँ । काठमाडौँबाट बाहिरिने यात्रुलाई अनावश्यक हैरानी दिने ४८ जना

भोलिबाट एसईई परीक्षा : ५ लाख १२ हजार ४ सय २१ विद्यार्थी एसईईमा सहभागी हुँदै

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डद्वारा लिइने माध्यामिक शिक्षा परीक्षा (एसईई)

राष्ट्रिय सुरक्षाको विषयलाई पुनः परिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले नेपालको भूराजनीति हाम्रा लागि अवसर

इरान विरुद्ध अमेरिका-इजरायल युद्ध : अवसर खोज्ने चिनियाँ चुपचाप रणनीति

“जब तपाईंको शत्रुले गल्ती गरिरहेको हुन्छ, उसलाई कहिल्यै अवरोध नगर।”