१५ चैत्र २०८२, आइतबार | March 30, 2026

हप्तामा हुने कामलाई दिनमा, दिनमा हुने कामलाई घण्टामा गरेर भए पनि नागरिकको जीवनरक्षा हुनुपर्छ : प्रधानमन्त्री ओली



काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रक्रियामा अल्झिएर र आर्थिक स्रोतको अभावमा कुनै पनि नागरिकको ज्यान जाने अवस्था सिर्जना हुन नदिन निर्देशन दिएका छन् ।

कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र सीसीएमसीको आइतवार सिंहदरबारमा बसेको विशेष बैठकमा प्रधानमन्त्री ओलीले प्रक्रिया झन्झटिला छन् भने छोट्याएर, हप्तामा हुने कामलाई दिनमा, दिनमा हुने कामलाई घण्टामा गरेर भए पनि तत्काल नागरिकको जीवन रक्षाका लागि जे–जे गर्नुपर्छ त्यो गर्न मातहतका निमायलाई निर्देशन दिएका हुन् ।

नागरिकको जीवन रक्षाका लागि हरसम्भव प्रयास गर्न प्रधानमन्त्रीबाट मातहतका निकायलाई निर्देशन आएको बैठकमा सहभागी परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले बताए ।

ज्ञवालीका अनुसार प्रधानमन्त्रीले प्रक्रियामा अल्झिएर या आर्थिक स्रोतको अभावले कुनै पनि नागरिकको ज्यान जान नहुने बताउँदै आवश्यक कानुन मिलाउनुपर्ने भए कानुन र प्रक्रिया मिलाएर भएपनि र्‍यापिड रेस्पोन्स टिम बनाउन निर्देशन दिएका थिए । हर हालतमा नागरिकको जीवन रक्षा हुनुपर्‍यो प्रधानमन्त्रीलाई उदृढ गर्दै मन्त्री ज्ञवालीले भने ।

बैठकमा कोभिड १९ सङ्क्रमणको महामारीसँग प्रभावकारी ढङ्गले लड्नका लागि स्वास्थ्य सङ्कटकाल लगाउनेबारे पनि छलफल भएको उनले जानकारी दिए । स्वास्थ्य सङ्कटकाल लगाउनका लागि विद्यमान सङ्क्रामक ऐन २०२० स्वास्थ्य प्रणालीको संरचना तथा सार्वजनिक खरिद ऐनमा भएका प्रक्रियाले समस्या पारेकाले अनुकूल कानुन बनाउने विषयमा सरोकारवाला मन्त्रालयसँग पनि छलफल गरिएको मन्त्री ज्ञवालीले जानकारी गराए ।

ज्ञवालीका अनुसार तत्काल देखिएको अक्सिजन आपूर्तिको समस्या समाधानका लागि उद्योगीलाई डिमान्ड चार्ज लगायतका छुट दिएर उत्पादन वृद्धि गर्ने विषयमा पनि बैठकमा छलफल भएको थियो ।

उनले सरकारको तयारी भन्दा रोगको प्रकृति र आक्रामकता पनि उच्च भएकाले गएको दुई हप्ता निकै कठिन भएको बताउनुभयो ।

प्रकाशित मिति : २ जेष्ठ २०७८, आइतबार  ४ : २० बजे

एक दर्जन हाराहारी सार्वजनिक निकाय खारेज र केही पुनःसंरचना सिफारिस

काठमाडौँ । सरकारले सार्वजनिक गरेको ‘सुशासन मार्गचित्र, २०८२’ ले प्रशासन

काँग्रेस नेता दीपक खड्कालाई ७ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले पूर्वमन्त्री तथा नेपाली काँग्रेसका नेता

बुटवलमा भोलीबाट आठौं राष्ट्रिय लन टेनिस प्रतियोगिता : देशभरबाट खेलाडी आऊन सुरु

बुटवल । रुपन्देही लन टेनिस संघको आयोजनामा आईतवार (चैत्र १६)

रुपन्देहीमा एक करोडको अवैध सामान बरामद

बुटवल । रुपन्देही प्रहरीले जिल्लाका विभिन्न स्थानबाट जाँच गर्ने क्रममा