१८ चैत्र २०८२, बुधबार | April 2, 2026

संविधान र पार्टी विधानको सम्मान गर्दै विगतका गल्ती सच्चाए मदन-आश्रितप्रति सच्चा श्रद्धान्जलि : नेपाल



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का बरिष्ठ नेता माधवकुमार नेपालले सबै खालका अहंकार, पार्टी एकताविरोधी प्रवृत्तिलाई निरुत्साहित र विगतका गल्तिहरुलाई सच्चाए मात्रै मदन–आश्रितप्रति सच्चा श्रद्धाञ्जली हुने जनाएका छन् ।

२८ औं मदन–आश्रित स्मृति दिवसका अवसरमा श्रद्धान्जली व्यक्त गर्दै नेता नेपालले मदन भण्डारीले आत्मसात गरेको लोकतान्त्रिकरणको आत्मसात कति भएको छ भनेर प्रश्न गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीको नाम नलिइ नेपालले ओली प्रवृतिका कारण पार्टीको आन्तरिक जीवनले असाध्यै संगीन परिस्थितिको सामना गरिरहेको जिकिर गरेका छन् ।

नेता नेपालले पार्टीको विधान, विधि, सिद्धान्त, नीति र आदर्श अनुरुप पार्टी र सरकारलाई अघि बढाउन सके मात्रै मदन–आश्रितले देखेका सपना साकार हुने उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘देशको संविधान र पार्टीको विधानको सम्मान गर्दै विगतका गल्तीहरुलाई सच्चाएर उहाँहरुले देखाएको बाटोमा हिँड्ने प्रण गरौं । यो नै उहाँहरुप्रति सच्चा श्रद्धाञ्जली हुनेछ ।’

नेपालले दासढुंगा घटनाको यथार्थ पत्ता लगाउन सम्बन्धित पक्षलाई आग्रह पनि गरेका छन् । नेपालले विज्ञप्तिमा भनेका छन्, ‘जननेता कमरेड मदन भण्डारी र कमरेड जीवराज आश्रितको रहस्यमय दासढुंगा जीप दुर्घटनामा दुःखद् निधन भएको २८ वर्ष बितिसक्दा पनि उक्त घटनाको रहस्य बाहिर आएन । घटनासँग जोडिएका अमर लामाको रहस्यमय हत्या हुनुले यस घटनालाई झनै रहस्यमय बनाएको छ । त्यसैले दासढुंगा घटनाको यथार्थ पत्ता लगाउन सम्बन्धित पक्षलाई आग्रह गर्न चाहन्छु ।’

२०५० जेठ ३ गते चितवनको दासढुंगामा एमालेका तत्कालिन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रित चढेको जीप दुर्घटना भएको थियो । सो दुर्घटनामा दुवै नेताको मृत्यु भएको थियो भने चालक अमर लामा बाँच्न सफल भएका थिए । मदनआश्रितको मृत्युपछि एमालेले दुर्घटना नभै हत्या भएको दाबी गर्दै त्यसको छानविन गर्न माग गर्दै देशभर प्रदर्शन गरेको थियो । तर, त्यसपछि एमालेले धेरैपटक सरकारकै नेतृत्व गर्न पुगेको छ भने मदन भण्डारीकी पत्नी विद्यादेवी भण्डारी राष्ट्रपति भएकी छिन् । राज्यको सर्वोच्च निकायमा पुग्दा पनि भण्डारीको हत्याबारे एमाले स्वयंले कुनै छानविनको पहल र प्रयास नै गरेको छैन ।

प्रकाशित मिति : ३ जेष्ठ २०७८, सोमबार  ८ : ३७ बजे

मालपोत र नापीमा अनधिकृत व्यक्ति प्रवेश निषेध

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमिसँग

काठमाडौँबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ

काठमाडौँ । काठमाडौँबाट बाहिरिने यात्रुलाई अनावश्यक हैरानी दिने ४८ जना

भोलिबाट एसईई परीक्षा : ५ लाख १२ हजार ४ सय २१ विद्यार्थी एसईईमा सहभागी हुँदै

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डद्वारा लिइने माध्यामिक शिक्षा परीक्षा (एसईई)

राष्ट्रिय सुरक्षाको विषयलाई पुनः परिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले नेपालको भूराजनीति हाम्रा लागि अवसर

इरान विरुद्ध अमेरिका-इजरायल युद्ध : अवसर खोज्ने चिनियाँ चुपचाप रणनीति

“जब तपाईंको शत्रुले गल्ती गरिरहेको हुन्छ, उसलाई कहिल्यै अवरोध नगर।”