३१ भदौ २०८३, बुधबार | September 16, 2026

गण्डकी प्रदेशमा ८५९ जना संक्रमित थपिए, २४ घण्टामा २४ जनाको मृत्यु



पोखरा । सोमबार गण्डकी प्रदेशमा सोमबार थप ८५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी दैनिक विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार ६७७ जनाको नमुना परीक्षण गरिएकोमा थप ८५९ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

आज संक्रमण पुष्टि हुनेमा प्रदेशका नौ जिल्लाका रहेका छन् । जसअन्तर्गत कास्कीका ४०८ जना, तनहुँका २३ जना, मनाङका पाँच जना, लमजुङका ७९ जना, र नवलपुरका १४२ जना छन् । यस्तै, स्याङ्गजाका ३५ जना, पर्वतका २१ जना, बाग्लुङका ६२ जना र म्याग्दी जिल्लाका ८४ जनामा कोरोना पुष्टि भएको जारी विज्ञप्तिमा जनाइएको छ ।

आज पुष्टि भएका संगै गण्डकीमा कोरोना संक्रमितको कुल संख्या २९ हजार ४१ पुगेको छ । यस्तै, पछिल्लो २४ घण्टामा गण्डकीबाट २०३ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या १९ हजार ९६८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा गण्डकीमा थप २४ जना संक्रमितको मृत्यु पुष्टि भएको छ । आज मृत्यु हुनेमा कास्कीका नौ जना, म्याग्दीका एक जना, पर्वतका तीन जना, गोरखाका एक जना, लमजुङका एक जना, तनहुँका दुई जना, बाग्लुङका एक जना, स्याङ्गजाका पाँच जना र नवलपुरका एक जना छन् ।

योसंगै, गण्डकीमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४०७ पुगेको निर्देशनालयले जनाएको छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०७८, सोमबार  ५ : ५८ बजे

सर्वोच्च अदालतको मुद्दा फाँटमा आगलागी, महत्वपूर्ण कागजात जलेर नष्ट

काठमाडौं । सर्वोच्च अदालतको मुद्दा फाँटमा बुधबार बिहान आगलागी भएको

प्रसूति बिदा छ महिना दिने प्रस्तावसहितको विधेयक

काठमाडौं । सरकारले आमालाई कम्तीमा छ महिना तलबसहितको प्रसूति बिदा

क्यासिनोमा नेपालीलाई जुवा खेलाएको आरोपमा ११ जना पक्राउ

काठमाडौं । क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलाउने कार्यमा

अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

काठमाडौं । नेपाल प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्सबाट अष्ट्रेलिया

सामाजिक सञ्जालले फेरिएको व्यापार शैली

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका-७ धारापानीका कमला बानियाँ थापाले जलजला