११ कार्तिक २०८३, बुधबार | October 28, 2026

सरकारको त्रुटिले धेरै संक्रमितको मृत्यु



काठमाडौं । नेपालमा कोरोना संक्रमणको दोस्रो लहर फैलिएयता २ हजार बढीको मृत्यु भइसकेको छ । चैत २० गतेयता संक्रमणबाट २ हजार १ सय ८३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । गत वर्षको पहिलो लहरमा ३ हजार ३२ जना संक्रमितको मृत्यु भएको थियो ।

राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वप्रमुख बाबुराम मरासिनीले सरकारको खराब व्यवस्थापनका कारण गत वर्षको तुलनामा यो वर्ष धेरैको मृत्यु भएको बताए । ‘नेपालको मृत्युदर दक्षिण एसियाका अन्य मुलुकको तुलनामा बढी छ ।

सरकारले राम्रो व्यवस्थापन गरेको भए यति धेरै मानिसको मृत्यु हुने थिएन’, उनले भने । सरकारले होम आइसोलेसनमा रहेकालाई हेरचाह गर्ने दायित्व निर्वाह नगर्दा मृत्यु हुनुनपर्ने उमेरकाको समेत ज्यान गएको उनले बताए । ‘सरकारले होम आइसोलेसनमा अक्सिजन घटेपछि अस्पताल जाऊ भन्यो ।

अस्पताल पुग्दा ७० प्रतिशत अक्सिजन घटिसकेको हुन्थ्यो । यस्ता बिरामीको अस्पताल पुगेको दुईचार घण्टामै ज्यान गयो’, उनले भने । शुक्रराज सरुवा रोग अस्पतालका अनुसन्धान शाखा संयोजक डा. शेरबहादुर पुनका अनुसार पछिल्लो एक सातायता संक्रमितमध्ये २ प्रतिशतको मृत्यु भएको देखिन्छ । ‘हामीकहाँ जुनसुकै उमेर समूहका पनि धेरैको मृत्यु भयो तर २ प्रतिशतभन्दा माथि गएको छैन । अब सुधार पनि हुन सक्छ’, उनले भने । नागरिक दैनिकमा पवित्रा सुनारले लेखेका छन ।

प्रकाशित मिति : ४ जेष्ठ २०७८, मंगलबार  ७ : २१ बजे

भूमिगत राजनीतिदेखि कृषि उद्यमसम्म : म्याग्दीका पूर्व संविधानसभा सदस्य श्रीसको नयाँ यात्रा

म्याग्दी । कुनै समय भूमिगत राजनीतिमा सक्रिय रहेका म्याग्दीको मङ्गला

भारतीय फूलको आयात रोक्न झापाका किसानको माग

झापा । व्यावसायिक फूलखेती गर्दै आएका झापाका किसानले भारतीय सयपत्री

मुस्ताङ र आसपासका क्षेत्रमा तीन दिन पदयात्रा नगर्न प्रशासनको आग्रह

मुस्ताङ । मौसम प्रतिकूल हुने सम्भावना रहेकाले यही कात्तिक १२

चक्रवातको प्रभावले लुम्बिनी प्रदेशका सात जिल्ला प्रभावित हुने सम्भावना, सतर्कता अपनाउन आग्रह

दाङ । बंगालको खाडीमा विकसित ‘अर्नाव’ चक्रवातको प्रभावले लुम्बिनी प्रदेशका

भोजपुरमा धान थन्क्याउन कामदार अभाव, युवा पलायनले किसान मर्कामा

भोजपुर । गाउँघरबाट युवा जनशक्ति वैदेशिक रोजगारी र सहरतर्फ पलायन