१९ चैत्र २०८२, बिहिबार | April 2, 2026

राजेन्द्र महतो जसपा संसदीय दलको नेता चयन भएको पत्र संसद सचिवालयमा दर्ता



काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले संसदीय दलको नेतामा राजेन्द्र महतो चयन भएको पत्र संसद सचिवालयमा दर्ता गराएका छन् ।

जसपामा विवाद समाधान गर्ने उद्देश्यले अध्यक्षद्वय ठाकुर र उपेन्द्र महतोले संयुक्त विज्ञप्ति जारी गरे लगत्तै ठाकुरले महतो संसदीय दलको नेतामा चयन भएको पत्र संसद सचिवालयमा दर्ता गराएका हुन् ।

संसद सचिवालयमा ठाकुरले वैशाख ३० गते बसेको संसदीय दलको बैठकले महतोलाई दलको नेता चयन गरेको उल्लेख गरेका छन् । उनले संघीय संसदीय दलको विधान २०७७ अनुसार दलको नेता चयन गरेको जनाएका छन् । सो पत्रसँगै संसदीय दलको विधान, संसदीय दलको बैठकको माइन्यूट पनि सचिवालयमा सँगै बुझाइएको पत्रमा उल्लेख गरिएको छ ।

जसपाको पार्टी विधानको धारा २८ को उपधारा ३ मा संसदीय दलको विधान केन्द्रीय कार्यकारिणीबाट पारित हुनुपर्ने उल्लेख गरिएको छ । यादव पक्षका अनुसार अहिलेसम्म संसदीय दलको विधान कार्यकारिणीबाट पारित नै भएको छैन । नक्कली विधान बनाएर त्यसअनुसार नक्कली हस्ताक्षरमा अर्को पार्टीको नेताको रोहवरमा गरिएको संसदीय दलको नेता चयन स्वीकार्य नभएको यादव पक्षले जनाएको छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०७८, मंगलबार  ३ : ४६ बजे

ट्रम्पको सम्बोधनपछि तेलको मूल्यमा उकालो

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा दिएको सम्बोधनपछि विश्वव्यापी तेलको

प्रतिनिधिसभाको पहिलो बैठकमा तीन वटा अध्यादेश पेश गर्दै गृहमन्त्री गुरुङ

काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको पहिलो बैठक आज बस्दैछ

बालाजु बाइसधारा मेला सुरु

काठमाडौं । बालाजुमा प्रत्येक वर्ष चैत शुक्ल पूर्णिमाका दिन लाग्ने

शान्तिपूर्ण रुपमा एसइई परीक्षा सुरु

भक्तपुर । यो वर्षको माध्यमिक शिक्षा परीक्षा ९एसइई० परीक्षाको आजदेखि

सदनमा जवाफदेहीपूर्ण र परिपक्व रूपमा प्रस्तुत हुनेछौँ : प्रतिपक्षी

काठमाडौं । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्रतिपक्षी दलका सांसदहरूले जनताले सुम्पिएका