२३ भदौ २०८३, मंगलबार | September 8, 2026

सशस्त्र प्रहरीको गोलीलागेर घाईते भएका युवकको मृत्यु, ६ सशस्त्र प्रहरी घाईते



परासी । पश्चिम नवलपरासीको भारतीय सीमावर्ती नाकामा सशस्त्र प्रहरीले चलाएको गोली लागेर घाईते भएका युवाको मृत्यु भएको छ । सशस्त्र प्रहरीको गोली लागेर गम्भिर घाईते भएका प्रतापपुर गाउँपालिका वडा नं. ६ कठहवाका २२ वर्षीय अविनाश रायको थप उपचारका लागि बुटवल लैजाने क्रममा बाटैमा मृत्यु भएको हो ।

उनको स्थानीय सहिद स्मृति अस्पताल चौपातामा उपचार हुन नसकेपछि बुटवल सिटी अस्पतालमा ल्याउँदैगर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

भारतीय सीमा क्षेत्रको सुस्ता गाउँपालिका–५ स्थित नथुई नाका (वनकट्टी) मा भएको भिड नियन्त्रण गर्न प्रहरीले गोली चलाएको हो ।

स्थानीय ४ जना युवाहरु भारततर्फ जान आएका स्थानीयलाई नाकामा खटिएका सशस्त्र प्रहरी रोक्न खोज्दा उनीहरुले गाँउलेहरुलाई बोलाएर शसस्त्र प्रहरीमाथि आक्रमण गरेको शसस्त्र प्रहरी बल नेपाल नम्बर २६ गण पश्चिम नवलपरासीले जनाएको छ । ठूलो समूहमा आएका गाँउलेले प्रहरीमाथि ढुंगामुढा गरको र भिड नियन्त्रण गर्न गोली चलाउनु परेको सशस्त्र प्रहरी बल नेपाल नं २६ गण हेडक्वाटर पश्चिम नवलपरासीका उपरीक्षक महेश अधिकारीले बताएका छन् ।

भीडले आक्रमण गर्दा नाकामा खटिएका सशस्त्र प्रहरी नायब निरक्षक शंकर बुढाथोकी सहित अन्य ६ जना सशस्त्र प्रहरी घाइते भएका छन् । घाइते बुढाथोकीको टाउकोमा चोट लागेको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०७८, बुधबार  २ : १९ बजे

एसिसी प्रिमियर कपः नेपाल हङकङविरुद्ध भिड्दै

काठमाडौं । मलेसियामा जारी एसिसी प्रिमियर कप २०२६ मा समूह

कृष्णभीरको अवरोधले लमजुङ-काठमाडौं यात्रा कष्टकर

लमजुङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि लमजुङ-काठमाडौं यात्रा

आज ‘जेन्जी’ सहिद दिवस : सार्वजनिक बिदा

काठमाडौं । आज ‘जेन्जी’ सहिद दिवस मनाइँदै छ । गत

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

भन्सार छलेर बजार पुर्याइएको लाखौको मोबाइलसहित १ जना प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जमा भन्सार छलेर मुख्य बजारमा पुर्याइएको लाखौं